सहकारी मार्फत आर्थिक सम्वृद्धि हुन्छ , मन्त्री चौधरी

२७ मंसिर २०७७, शनिबार
सहकारी मार्फत आर्थिक सम्वृद्धि हुन्छ , मन्त्री चौधरी

कैलाली, २७ मंसिर । सुदूरपश्चिम प्रदेशकी भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विनिता चौधरीले सहकारी मार्फत प्रदेशमा आर्थिक सम्वृद्धि हुने बताएकी छिन् ।
शनिबार धनगढीमा दाइजो कृषि सहकारी संस्था लिमिटेडको ९औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै मन्त्री चौधरीले प्रदेशको आर्थिक सम्वृद्धि प्रदेशमा रहेका कृषि सहकारी मार्फत हुने बताएकी हुन् ।

sadharan sava


प्रदेशमा विभिन्न सहकारी संस्था रहेका छन्, मन्त्री चौधरीले भनिन् सहकारीले आफ्नो उद्देश्य अनुरुप काम गरेका प्रदेशमा आर्थिक सम्वृद्धि भई सहकारी मार्फत प्रदेश आत्मनिर्भर बन्छ ।
कार्यक्रममा मन्त्री चौधरीले प्रदेशमा रहेका सहकारीलाई नियमन र व्यवस्थापन गर्न केही चुनौती रहे पनि प्रदेश सरकारले सहकारी नियमन र व्यवस्थापन सम्बन्धी कानून निर्माण गरि सकेकोले त्यो समस्याको अन्त्य हुने बताइन् । उनले त्यो कानून चाडै नै कायान्र्वयन गर्नेमा जोड दिइन् ।
‘यहाँका सहकारीलाई नियमन तथा व्यवस्थापन गर्न पहिला समस्या रहेको थियो, मन्त्री चौधरीले भनिन्–‘अब प्रदेश सरकारले कानुन ल्याइ सकेको छ, आफ्नो उद्देश्य अनुरुप काम नगर्ने सहकारीलाई प्रदेश सरकारले खारेजी पनि गर्छ ।’
मन्त्री चौधरीले सहकारीलाई उत्पादनमुखी पनि हुन् अनुरोध गरिन् । यसका साथै उनले प्रदेशमा विउ विजनको समस्या रहेकोले सहकारीलाई धान, गहुँ लगायत अन्नबालीको बिजवृद्धि कार्यक्रम अबलम्बन गर्न पनि औँल्याइन् ।

daijo -1


‘अन्नबाली लगाउने बेला यहाँका किसानलाई विउविजनको धेरै समस्या हुने गर्दछ, त्यसको लागि यस क्षेत्रका सहकारीहरु विजवृद्धिका कार्यक्रम पनि प्राथमिकताका साथ अगाडी बढाउनु पर्छ’, मन्त्री चौधरीले भनिन्–‘यसका लागि प्रदेश सरकार अनुदानका कार्यक्रम ल्याएको छ ।’
मन्त्री चौधरीले यहाँका कृषकलाई उत्पादन बढाउन आधुनिक र व्यवसायीक खेती प्रणाली अपनाउन पनि जोड दिइन् । यसका साथै उनले कृषकलाई सामूहिक र चक्लाबन्दी खेती गरि उत्पादन बढाउनमा जोड दिएकी थिइन् ।
कार्यक्रममा नेकपा कैलाली जिल्ला सदस्य दीर्घराज जोशी, कृषि ज्ञान केन्द्रका भूमिराज उपाध्याय, वडा नं. ७ की वडा सदस्य यमूना जोशी, सहकारीका कानूनी सल्लाहकार कृष्ण प्रसाद सुवेदी, सल्लाहकार नन्दलाल राना लगायतले मनतब्य राखेका थिए । वहाँहरुले सहकारीलाई सेवामुखी, कृषकलाई सहुलियत दरमा ऋण प्रवाह गर्न सुझाएका थिए । भने सहकारीले गरिबी न्यूनकीरणमा समेत महत्वपूर्ण भूमिका खेलेको बताएका थिए ।
कार्यक्रम सहकारीकी अध्यक्ष चन्द्रकिरण रानाको अध्यक्षतामा भएको थियो । कार्यक्रममा सहकारीका लेखा समिति सदस्य सीताराम रानाले स्वागत मनतब्य राखेका थिए भने कार्यक्रमको सञ्चालन सहकारीकी व्यस्थापक निशा चौधरीले गरेकी थिइन् ।

३ करोड ३१ लाख बराबर करोबार


वि.सं २०६८ सालमा धनगढी उपमहानगरपालिका वडा नं ७ देवहरिया स्थित कार्यालय रहने गरि एउटा बाख्रा पालन समूह मार्फत स्थापना भएको दाइजो कृषि सहकारी संस्थाले आफ्नो ९ औं बार्षिक साधारणसम्म आइ पुग्दा करिब साढे ३ करोड रुपैया बराबरको करोबार गरिसकेको छ ।सहकारीका लेखा संयोजक पुरन रानाले आर्थिक वर्ष २०७६/०७७ असार मसान्तसम्म ३ करोड ३१ लाख ९६ हजार ३९५ रुपैया बराबर करोबार भएको जानकारी दिए ।
३९ लाख २६ हजार शेयर पुँजी रहेको सहकारीमा ४७२ जना शेयर सदस्य रहका छन् । २ करोड ७१ लाख ९ हजार १९२ रुपिया निक्षेप संकलन गरेको सहकारीले अहिले सम्म २ करोड ११ लाख ४२ हजार ६१८ रुपैया ऋण लगानी गरेको छ ।
सहकारीले आर्थिक वर्ष २०७७/०७८ को अनुमानित आयव्यव पनि सुनाएको छ । सहकारीका कर्मचारी बासुदेव रानाले आर्थिक वर्ष २०७७/०७८ को ३ करोड ४५ लाख ८ हजार एकसय रुपैया बराबरको आयव्यय सुनाएका थिए ।
त्यस्तै सहकारीले यस बर्ष विभिन्न किसिमका गतिविधि सञ्चालन गर्ने जनाएको छ । सहकारीकी अध्यक्ष चन्द्र किरण रानाले यस वर्ष सहकारीले भूमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालयबाट प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्र्तगत बीउ विजन ब्लक सञ्चालन गर्ने, धनगढी उपमहानगरपालिकाको सहकार्यमा १५० सेयर सदस्यहरुको माटो परिक्षण गर्ने, कृषि ज्ञान केन्द्रबाट प्राप्त साना सिँचाई अनुदानको कार्यक्रम शेयर सदस्यलाई हस्तान्तरण गर्ने बताइन् । रासस कैलारी अनलाइनबाट

Wedding Story advertisement Of Jems Movies & Photo Studio