अन्तराष्ट्रिय मानवअधिकार दिवसमा दीप प्रज्वलन

२५ मंसिर २०७७, बिहीबार
अन्तराष्ट्रिय मानवअधिकार दिवसमा दीप प्रज्वलन

धनगढी,२५ मंसिर ।

महामारीमा मानवअधिकारःस्वास्थय सेवामा सबैको पहँच विस्तार,सबैका लागि घरघरमा मानवअधिकारःशान्ति र विकासको आधार भन्ने मूल नाराका साथ ७२ औँ अन्तराष्टिय मानवअधिकार दिवस र लैगिक हिँसा विरुद्धको १६ दिने अभियानको समापन तथा १२ औ मानवअधिकार राष्टिय महाभेला २०७७ (२४ देखि २८ मंसिर २०७७)को अवसरमा धनगढीको पार्क चौकमा दीप प्रज्वलन कार्यक्रम गरिएको छ ।

राष्टिय मानवअधिकार आयोगका सूदूरपश्चिम निर्देशक मोहन जोशीले उक्त कार्यक्रमको शुभारम्भ गुर्नुभएको थियो । कार्यक्रममा ईन्सेकका प्रदेश प्रमुख खडकराज जोशी,गैरसरकारी संस्था महासंघका प्रदेश अध्यक्ष देवी खनाल,सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश संयोजक राजेन्द्र रैका,

एडजसकी अध्यक्ष चित्रा पनेरु,दलित महिला अधिकार मंचकी अध्यक्ष सावित्रा घिमिरे,याक नेपालका महासचिव हृदय पुजारा,एफएमडिसीका ओम जोशी,ओरेककी विनु राना लगायतको सहभागीता रहेको थियो । कार्यक्रम राष्टिय मानवअधिकार आयोग, ईन्सेक,गैरसरकारी संस्था महासंघ,

सुरक्षित मातृत्व संजाल महासंघ नेपाल,एडजस,दलित महिला अधिकार मंच,याक नेपाल,एफएमडिसी,ओरेक पिसविन,मानवअधिकारकालागि महिला एकल महिला समूह,थर्ड एलायन्स लगायतका संघसंस्थाले संयुक्त रुपमा आयोजना गरेको हो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio