दलित एंव हलिया आन्दोलनका अगुवा संविधानसभा सदस्य श्रीपाईली सम्मानित

२५ मंसिर २०७७, बिहीबार
दलित एंव हलिया आन्दोलनका अगुवा  संविधानसभा सदस्य  श्रीपाईली सम्मानित

धनगढी,२५ मंसिर ।

सूदूरपश्चिमको मानवअधिकार,सामाजिक न्याय,दलित एंव हलिया मुक्तिको आन्दोलनमा अग्रणी नेतृत्वदायी भूमिका निर्वाह गरी अधिकारमुखी आन्दोलनमा योगदान पुर्याए वाफत संविधान सभा सदस्य तथा दलित एंव हलिया मुक्ति आन्दोलनका अगुवा हरि श्रीपाइलीलाई बिहीबार सम्मान गरिएको छ ।

दलित,कमैया र हलिया मुक्ति आन्दोलनमा पुर्‍याएको योगदानको कदर गर्दै ७२ औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा बिहीबार कैलालीको घोडाघोडीमा उनलाई सम्मान गरिएको हो । दलित अधिकारका लागि राष्टिय संजालका केन्द्रीय अध्यक्ष समेत रहेका श्रीपाईली नेपाल सरकारको मुक्त हलिया पुर्नस्थपना कार्यदलका केन्द्रीय संयोजक समेत रहिसकेका छन् ।

उनकै कार्यकाल र अगुवाईमा सुदूर तथा मध्यपश्चिममा रहेका हजारौ हलियाहरुले मुक्ति पाएका थिए । सम्मानित भएपश्चात श्रीपाईले भने आफू सदैब दलित,कमैया हलिया र शोषित पिडीत सिमान्तकृत समुदायको अधिकारका लागि सदा आवाज उठाउने बताउनुभयो ।

घोडाघोडी–६ मा संयुक्त दलित विकास मञ्च र हलिया महासङ्घ कैलालीको तर्फ बाट सङ्घका अध्यक्ष लाल बहादुर विकले दोसल्ला ओढाएर श्रीपाईलीलाई सम्मान गरेका थिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio