नरेश राना / लालझाडी,२५ मंसिर ।
कञ्चनपुरको लालझाडी गाउपालिका स्थित लालझाडी सामुदायिक सः मिल तथा फर्निचर उद्योगको अनुगमन भएको छ ।
अनुगमनमा खटिनु भएका सुदुरपश्चिम प्रदेशका प्राकृतिक स्रोत तथा वातावरण अर्थ समितिका सभापति माननीय हर्क बहादुर कुँवरको नेतृत्वमा पुर्वसामाजिक विकास मन्त्रि दिर्घ सोडारी, माननीय भरत बहादुर खडका,
माननिय अक्कल रावल, माननिय प्रेम प्रकाश भट्ट, माननिय महेश दत्त जोशी, माननिय पुर्णा जोशी, माननिय कृष्ण बहादुर चौधरी लगायत सब डिभिजन बन कंञ्चनपुरका अधिकृत अजय बिक्रम मान्नधर , कोहलपुर (TAL) का सह प्रबन्धक मुना थापा एबम् प्रतिनिधि समन्बय समितिका प्रतिनिधि सहितको टोलीले संयुक्त अनुगमन गर्नुभएको थियो ।
स.मिल नहुदा यहाँका जनताहरु बेलौरी स्थित मिलमा काठ चिराउन लैजानु पर्ने बाध्यता रहेको थियो । सोझासाझा किसानहरुलाई आर्थिक रुपमा धेरै मार्का पथ्र्यो । स.मिल संचालन भएपछि उल्लेखनीय उपलब्धिहरु भएका छन ।
सबै सामुदायिक वनहरुको शेयर लागानिमा संचालन भएपछि स.मिल प्रति अफनत्व पनि भयो र बेरोजगार युवाहरुले रोजगार पाउने भए भनेर एक दम छोटो समयमा राम्रो उपब्धिहाँसिल गरेको भन्दै अनुगमनमा रहेका माननियहरुलाई जानकारी गराउदै भने लालझाडी स.मिलका अध्यक्ष अमर सिंह रानाले बताए ।