नरेश राना , लालझाडि,२५मंसिर ।
कञ्चनपुरको लालझाडि गाउँपलिकामा बुधबारका दिन एक कार्यक्रमका विच ३ महिने सिलाई कटाई तालिमको उदघाटन गरीएको छ । कार्यक्रम लालझाडी ४ मा रहेका महिलाहरुका लागि सीपमुलक तालीम वडामा सञ्चालन गरीएको छ ।
सो तालीम गत बर्षको तालिम रहेकोले र यस बर्ष थप बजेट गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो । कोरोना महामारीका कारणले गत बर्ष सिलाई कटाई तालिम हुन सकेना र यस बर्ष गाउपालिकाबाट बडामा १लाख पचास हजार रुपैया छुटयाई कम्तिमा २५ जना सहभागीमा तालिम सञ्चालन गर्ने वडाका वडा सदस्य रेवती ओड महराले बताउनु भयो ।
यसैगरी लालझाडि गाउपालिका वडा नं. ४ का वडा अध्यक्ष बहादुर रानाको अध्यक्षतामा कार्यक्रमको उदघाटन भएको थियो । सो कार्यक्रम वडा अध्यक्ष रानाले भने “गत बर्ष हामीसंग थोरै बजेट थियो र कोरोना महामारीका कारणले कार्यक्रम संचालन गर्न सकेनौ , यसपालि गत बर्षको प्रशिक्षक र सोही सहभागी भित्र तालीम सञ्चालन गर्न लगेको हो जानकारी दिए । ”