धनगढि,२४ मंसिर ।
लैंगिक समानता सम्बन्धी मान्यताहरुको प्रर्वद्धन गर्न कार्यमा पुरुष सहभागिता बढाउन बाल्यअवस्था देखि नै व्यवहार परिर्वतनको शिक्षा दिनुपर्नेमा जोड दिईएको छ । लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान अन्र्तगत फाया नेपालले आयोजना गरेको लैगिक समानता सम्बन्धि मान्यताहरुको प्रबद्र्धन गर्न हेरचाह कार्यमा पुरुष सहभागीताको महत्व वारे अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले उक्त कुरामा जोड दिएका हुन ।
कार्यक्रमकी प्रमुख अतिथी एंव धनगढी उपमहानगरपालिकाकी उपप्रमुख शुसिला मिश्रले सशक्तिकरणले महिलाहरु अगाडि आए पनि तर पुरुषहरु भान्छा र पानी पँधेरोसम्म पुगे कि पुगेनन् भन्ने कुरा महत्वपूर्ण रहेको बताउदै धारा,भान्सा र स्याहार कार्यमा महिला र पुरुषको समान सहभागीता र पहुँच हुनुपर्ने बताईन ।
‘जहाँ पैसा छ त्यहाँ कामको मूल्याकन छ,’ उनले भनिन्, ‘तर महिलाहरुको लागि कामसंग मर्यादा मात्रै जोडियो । महिलाहरुको काम सम्मानजनक छैन नेतृत्व पनि बिरलै स्वीकार गरेको पाईन्छ उनले भनिन ।
कार्यक्रममा फाया नेपालका पूर्व अध्यक्ष शेरबहादुर बस्नेतले महिलाहरुलाई सेवामूलकमा लगाउने प्रवृति कायमै रहेको बताए । उनले लैंगिक हिंसा न्यूनिकरण गर्न रहेक व्यक्तिले आफ्नो व्यवहार परिवर्तन गर्न जरुरी रहेको बताए ।
महिला अधिकारकर्मी गोमा आर्चायले लैंगिक विभेद अन्त्यको लागि बच्चा हुकाउँदा देखि नै व्यवहारमा परिवर्तन ल्याउन जरुरी रहेको बताइन् । उनले आमा बुवालाई काम गरेको देख्यो बच्चाहरुले त्यसबाट सिक्ने गरेको बताइन् ।
धनगढी उपमहानरपालिका सामाजिक शाखा अधिकृत टंक विष्ट व्यवहार परिवर्तन गर्न बालबालिकालाई स्कुल तहको शिक्षाबाट सिकाउनुपर्ने बताए । फाया नेपालका पूर्व अध्यक्ष धनपति ढुंगेलले श्रीमतिले सधैं श्रीमानको भित्रि वस्त्र धुँदा अप्ठेरो हुदैन भने श्रीमानलाई किन श्रीमति बस्त्र धुँदा सुकाउँदा लाज मान्न नहुने बताए । उनले यस्ता साना साना काममा सबैले सम्मान गर्नुपर्नेमा जोड दिए ।
फायाका अध्यक्ष लोकराज भट्टको अध्यक्षतामा भएको सो कार्यक्रममा कार्यक्रम निर्देशक धर्मराज पाठकले स्वागत गरेका थिए । कार्यक्रममा विभिन्न वडाका वडाअध्यक्षहरु महिलाका सवालमा अझ संवेदनशिल हुने प्रतिवद्धता गरेका थिए ।
सो अवसरमा लैङ्गिक मूल्य मान्यता र स्याहार कार्यमा पुरुष सहभागिता सम्बन्धमा फाया नेपालकै लालबहादुर महराले आधार पत्र प्रस्तुत गरेका थिए । उक्त कार्यक्रम फाया नेपालले स्वच्छताका लागि व्यवहार परिर्वतन परियोजना अन्र्तगत आयोजना गरे