लैगिंक समानता र सामाजिक समावेशीकरण सम्वन्धि अभिमुखीकरण

२३ मंसिर २०७७, मंगलवार
लैगिंक समानता र सामाजिक समावेशीकरण सम्वन्धि अभिमुखीकरण

धनगढी,२३ मंसिर ।

सुरक्षित मातृत्व संजाल महासंघ नेपाल र रुडुक कैलालीको संयुक्त आयोजना तथा धनगढी उपमहानगरपालिका कार्यालयको सहकार्यमा “लैगिक हिँसा अन्त्यको प्रतिवद्धता व्यक्ति समाज र सबैको ऐक्यवद्धता” भन्ने मूल नाराका साथ लैगिंक हिँसा विरुद्धको १६ दिने अभियान अन्र्तगत लैगिंक समानता र सामाजिक समावेशीकरण सम्वन्धि अभिमुखीकरण तथा हिँसा अन्त्यका लागि सन्देशमूलक चित्रकला प्रतियोगीता कार्यक्रम मंगलवार धनगढीको जुगेडा स्थित सिद्धनाथ माविमा सम्पन्न भएको छ ।

लैगिक समानता तथा सामाजिक समावेशीकरणको सवालमा विद्यार्थीहरुलाई सचेतना अभिवृद्धी गरी लैगिक हिँसाको अन्त्य र विभेद मुक्त समाजको निमार्णमा उनीहरुवाट समानताको सन्देश प्रवाहमा टेवा पुगोस भन्ने उद्धेश्यले उक्त कार्यक्रम आयोजना गरिएको हो ।

कार्यक्रमकी प्रमुख अतिथी एंव धनगढी उपमहानगरपालिकाकी उपप्रमुख सुशिला मिश्र भट्टले महिला माथि हुने सबै खाले विभेदको अन्त्य नभए सम्म समुन्नत समाजको परिकल्पना गर्न नसकिने बताउदै महिलामा न्याय,अधिकार र समानताका लागि अंश र बंशमा समान अधिकार हुनुपर्नेमा जोड दिनुभयो ।

अभिमुखीकरण कार्यक्रममा लैगिक समानता,समावेशीकरण,महिलाहरुको शसक्तिकरण, अधिकार महिला हिँसा ,सामाजिक न्याय लगायतका सवालमा सिद्धनाथ माविका प्रधानाध्यापक प्रेम वहादुर शाही र सुरक्षित मातृत्व संजाल महासंघका प्रदेश संयोजक राजेन्द्र रैकाले सहजीकरण गर्नुभएको थियो ।

कार्यक्रममा चित्रकला प्रतियोगीतामा प्रथम छात्रा शितल पाण्डेय,द्धितीय छात्र विक्रम सिह,तृतीय छात्रा सुस्मीता सुनार र सान्त्वना स्थान प्राप्त छात्रा समिक्षा तामाङलाई नगर उपप्रमुख सुशिला मिश्र भट्ट, सिद्धनाथ माविका प्रधानाध्यापक प्रेम वहादुर शाही ,रुडुककी अध्यक्ष ममता शाह,सदस्य धर्मराज जोशी र सदस्य गीता भण्डारीले पुरस्कार वितरण गर्नुभएको थियो । कार्यक्रम रुडुक अध्यक्ष ममता शाहको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio