धनगढी , २५ पुस
धनगढी उप–महानगरपालिका १ मा रहेको त्रिनगर माध्यमिक विद्यालयको विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा प्रेम बिसी सर्व सम्मत चयन भएका छन् ।
शुक्रवार भएको अभिभावकहरुको भेलाले ९ सदस्यीय विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन गरेको हो । त्यसैगरी ब्यबस्थापन समितिको सदस्यहरुमा देवी रनेनी, सरीता सोव, लक्ष्मण पार्की, तारा पातली र गोदावरी सिंह रहेका छन् । विद्यालयका विद्यालय ब्यबस्थापन समितिमा अभिभावकहरुबाट ४ जना चुनीनुपर्ने हुन्छ । अभिभावकहरुबाट चुनीएकाले २ जनालाई मनोनित गर्दछन् । विद्यालयका शिक्षकहरुबाट शिक्षक प्रतिनिधी चुनिन्छन् भने वडा अध्यक्ष पदेन सदस्य रहने ब्यबस्था छ । शिक्षक प्रतिनिधीमा नेत्र बहादुर खडायत चयन भएका छन् भने वडा नं १ का वडा अध्यक्ष सन्तोष मुडभरी रहेका छन् । त्यसैगरी सदस्य सचिवमा प्रधानाध्यापक भुपाल सिंह खड्का रहेका छन् ।
धनगढी उप–महानगरपालिका शिक्षा महाशाखाका प्रतिनिधी शाखा अधिकृत महादेव जोशीले विधीसम्वत रुपमा विद्यालय ब्यबस्थापन समिति सौहार्दपूर्ण वतावरणमा सम्पन्न भएको बताए । उनले भने, अभिभावकहरुले सहभागितामुलक ढंगले विद्यालय ब्यबस्थापन समिति चयन गरेकोमा धन्यवाद दिन चाहन्छु । धनगढी उप–महानगरपालिका वडा नं १ का अध्यक्ष तथा विद्यालय ब्यबस्थापन समितिका पदन सदस्य सन्तोष मुडभरीले अभिभावहरु नै विद्यालयको मेरुदण्ड भएको बताए । उनले भने, विद्यालयको पढाई गुणस्तर सुधारका लागि अभिभावकहरु पनि विद्यालयमा समय दिनुपर्छ ।
विद्यालय ब्यबस्थापन समितिको अध्यक्षमा चयन भएपछि अध्यक्ष प्रेम विसीले आफ्नो एउटै स्वार्थ विद्यालयको गुणस्तरमा सुधार ल्याउनु रहेको बताए । उनले भने, यसका लागि फेरीपनि अभिभावकहरुको सहयोग आवश्यक हुन्छ । त्रिनगर माध्यमिक विद्यालयका प्रअ भूपाल सिंह खड्काले त्रिनगर पवित्र योजनाका साथ प्रगतीको बाटोमा अगाडी बढीरहेको बताए । उनले भने, नयाँ ब्यबस्थापन समितिले यस योजनालाई साकार पार्ने छ भन्नेमा विद्यालय प्रशासन बिश्वस्त रहेको छ । विद्यालय प्रशासन सधै विद्यालय ब्यबस्थापन समितिले ल्याउने असल योजनालाई सार्थक बनाउने गरी सहयोग र समन्वय गर्ने बताए । उनले विद्यालय ब्यबस्थापन समिति गठनमा सहयोग गर्ने सबै अभिभा