संक्रमित मृतकको शव हिन्दू संस्कार अनुसार व्यवस्थापन

संक्रमित मृतकको शव हिन्दू संस्कार अनुसार व्यवस्थापन

धनगढी,१६ मंसिर । 

कैलालीमा कोरोना संक्रमित मृतकको शव हिन्दू संस्कार अनुसार जलाएर व्यवस्थापन गरिएको छ । भवानी दलबाट सह सेनानी नवलसिंह रोकायाको कमाण्डमा खटिएको सेनाको तालिम प्राप्त टोलीले धनगढी उपमहानगरपालिका–७ देवहरियाकी ७४ वर्षीया जन्नादेवी रानाको शव जलाएर व्यवस्थापन गरेको हो ।

सेनाले यसअघि पनि कोरोना संक्रमणबाट मृत्यु भएका व्यक्तिको शव जलाएर व्यवस्थापन गरिसकेको छ । मंसिर ५ गतेदेखि सेती प्रादेशिक अस्पतालमा उपचार गराउँदै आएकी महिलाको सोमबारराति मृत्यु भएको थियो ।

किड्नी र फोक्सोको समस्या भएर अस्पताल भर्ना भएकी उनलाई पीसीआर जाँच गर्दा मंसिर ७ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । मृतक महिलाको धनगढी उपमहानगरपालिका–७ पटेलास्थित आर्यघाटमा शव जलाइएको हो । 

सेयर कर दियो ।