चार लेन हुलाकी राजमार्गकाे अनुगमन गर्दै मन्त्रि द्वाेय

१४ मंसिर २०७७, आईतवार
चार लेन हुलाकी राजमार्गकाे अनुगमन गर्दै मन्त्रि द्वाेय

धनगढी,१४ मंसिर ।
लम्की टिकापुर खक्रौला चार लेन बाटोको सिलान्यास गर्न सुदुरपश्चिम आइपुगेका संघिय मन्त्रि द्वोय भौतिक पुर्वधार तथा यातायात मन्त्री वसन्त नेम्वाङ तथा उद्योग मन्त्री लेख राज भट्ट सोहि अवसर पारेर कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सांसद माननिय नारदमुनि राना हुलाकी राजमार्ग सडकको धनगढी क्याम्पस रोड जिरो बाट शुरु भएको कामको अनुगमन गनुभयो गराउनु भयो ।


सोहि कार्यक्रममा सुदुरपश्चिम प्रदेश भौतिक मन्त्रि पठान सिंह बोहरा प्रदेश सांसद नेपालु चौधरी लगायत विश्ष्टि व्यक्तिहरु सहित निर्माधिन आवस्थामा रहेको चार लेन हुलाकी राजमार्ग सडकको धनगढी क्याम्पस रोड जिरो बाट शुरु भएको कामको अनुगमन गराउनु भयो ।


त्यसैगरी धनगढी– स्याउले –हडखोली सडक ३० कि.मी बाटोको टेन्डर हुने प्रक्रियामा रहेको बाटोको अनुगमन गर्नु भयो मन्त्री द्वोय । बाटोको अनुगमन पछि संघिय साँसदका स्वाकिय सचिब कमल सिंह रानाले जानकारी गराए । मन्त्री द्वाेय अाजै काठमाण्डाै फर्किने कार्यक्रम रहेकाे छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio