सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

महाेत्तरी छ बर्षिय बालककाे हत्यारालाई फाँसीकाे माग गर्दै

महाेत्तरी छ बर्षिय बालककाे हत्यारालाई फाँसीकाे माग गर्दै

धनगढी,१२ मंसिर ।

महाेत्तरी ६ वर्षीया बालिका गुलाब खातुनका हत्यारालाई फाँसीकाे सजाय वा आजिवन कारावासकाे सजाय सहित कडा कारबाहीको माग गर्दे मेची महाकाली बुहारी संयुक्त आवाजले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ ।

कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञ बोहरा मार्फत मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कैलाली संयोजक जागृती बोगटीले उक्त ज्ञापनपत्र बुझाएकी हुन । मेचीमहाकाली बुहारी संयुक्त आवाजकी कैलाली संयोजक बोगटीले उक्त घटनाले हामी सबैलाई गम्भीर बनाएको उल्लेख गर्दे पिडकलाई कडा कारवाही नभए आफुहरु कडा आन्दोलन गर्न बाध्य हुने बताउनुभयो ।