नबराज राना / पुनर्वास,१२ मंसिर ।
खानेपानी मन्त्रि माननिय विना मगरलाई कञ्चनपुर ,पुनर्वास नगर पालिका ५ सिम्रिका जनताले एक कार्यक्रम गरि स्वातगरेका छन ।
माननिय मन्त्रि क्षेत्रविकास कार्यक्रम अन्तरर्गत भिमसेन मन्दिरको सत्संग भवन निर्माण गर्नका लागि रु १० लाख रकम दिनुभएको थियो । वहाँले भन्नु भयो इमान्दरीले काम गरेमा देश बन्छ , शौचालय पनि बन्न नसक्ने बजेटले सत्संग भवन बनाउनु भयो यसको लागि उपभोक्ता समितिलाई धन्यवाद दिनुभयो ।
“रानाथारु महिलाहरु आप्नो अधिकारबाट बन्चित छन शिक्षा तथा रोजगारमा पछि परेको समुदाय छ , यसका लागि सरकार संग भनेर रानाथरु जातिकालागि अलगै कोटा छुट्याउनु पर्ने बताइ मन्त्रि मगरले ।”
कार्यक्रम सत्संग भवन उपभोक्ता समितिको आयोजनामा भएको थियो । उक्त सत्संग भवनको निर्माण कार्य सम्पन्न भइसकेको उपभोगता समितिका अध्यक्ष तिर्थराज रानाले बताए । वहाले माननिय मन्त्रिलाई बधइ तथा धन्यवाद दिनुभयोको थिया अध्यक्ष रानाले ।
कार्यक्रममा रानाथारु उत्थान समन्वय मञ्चका अध्यक्ष धोखे राना , नेकपा कञ्चनपुर जिल्लाका नेता तथा कर्यकर्ताको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन रानाथरु उत्थान मञ्चका सदस्य फुल्लन रानाले गरेका थिए ।