पार्टी फुटनको लागि होइन जुटनाको लागिहो माननिय साँसद राना

४ मंसिर २०७७, बिहीबार
पार्टी फुटनको लागि होइन जुटनाको लागिहो माननिय साँसद राना

कैलाली,४ मंसिर ।

पार्टी फुटनकाे लागि होइन जुटनाको लागि हो , कैलाली निर्वाचन क्षेत्र नं. ५ का प्रतिनिधिसभा साँसद माननिय नारदमुनि रानाले विहिबार आप्नो क्षेत्र विकास अन्र्तगत जनता भेटघाट कार्यक्रममा भन्नु भएको हो । कार्यक्रम धनगढी उपमहानगर पालिका वडा नं. ७ को मनेहरा सामुदायिक वन उपभोगता समुहको प्रङगणमा भएको थियो । “वहाँले नेपालकम्युनिष्ट पार्टी (नेकपा) लाई जनताहरुले विकास गर्नका लागि दुइतिहाइको सरकार बनाएर पठाएका हुन । जनता संग रहेर विकासका गतिविधिहरुलाई अगाडि बढाउनु पर्ने बताए । सहरी विकास अन्र्तगत गरिव परिवारहरुको घाँस,खरले छाएको छाना भएको घरवालालाई नगद रु पचास हजार दिने बताउनु भयो यसको लागि स्थानिय तहले लागत लिने भन्नु भयो माननिय रानाले ।”
“मेरो कैलाली निर्वाचन क्षेत्र नं. ५ मा मेरो पहलमा सहरी विकास मन्त्रालयबाट ९९ करोड रकमको विकास निर्माण कार्यको लागि बजेट विनियोजन भएको बताए । धनगढी उपमहानगर पालिकाले भैरहेको विकास निर्माण कार्य हामीले बनाएको हौ भनेर जनतामा भ्रम फैलाइरहेको छ र स्ष्टरुपमा नेकपाको सरकारले बनाएको हो भनेर हाम्रा साथिहरुले पनि भन्न सक्नु पर्ने बताए । नेपाली काँग्रेसको २०४८ सालमा दुइतिहाइको सरकारले के ग¥यो भनेर देखाउने प¥यो तर नेकपाको सरकारले लिपुलेक कालापानी भुभागलाई समेटेर नयाँ नक्सा जारीगरेको छ । र विदेशीहरु संग विवहा गर्दा एक हातमा श्रीमति आर्को हातमा नागिरता दिने प्रवृतिलाई हाम्रो सरकारले नागरिता विधेक ल्याएर रोकेको बताए माननिय राना ।”
कार्यक्रकमका विष्टअतिथि सुदुरपश्चिप प्रदेश सांसद माननिय नेपालू चौधरी र माननिय शुशिला बुढाथोकी हुन । वहाँले प्रदेश सरकारले कृषकहरुका लागि थुपै विकासका कार्यक्रमहरु अगाडिल्यको बताए । सोहि कार्यक्रममा पदेश सदस्य राजेश कुमार खाती , कैलाली जिल्ला पाटी सचिब रण बहादुर चन्द लगायत धनगढी उपमहानगर पालिका वडा नं. ७ का नेता कार्यकर्ताहरुको उपस्थित रहेको थियो । कार्यक्रममा नेता कार्यकर्ताहरुले उठाएका प्रश्नहरुको जवाफ माननिय ज्युहरुले दिने कार्यक्रम रहेको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio