माननिय राना क्षेत्र विकास योजनाको अनुगमन तथा जनता भेटघाट

३ मंसिर २०७७, बुधबार
माननिय राना क्षेत्र विकास योजनाको अनुगमन तथा जनता भेटघाट

कैलाली,३ मंगसिर ।

कैलाली क्षेत्र नं. ५का प्रतिनिधिसभा सदस्य माननिय नारदमुनि रानाको पहलमा भएको क्षेत्र बिकास योजनाहरुको अनुगमन तथा जनता संगको भेटघाटमा व्यस्थ छन । दशैतिहारको मौकाछोपि आफ्ना क्षेत्रमा विकासका योजनाहरुको आवस्थाको जानकारी लिदै साथै कुन वडामा कुन योजना माग भैरहेको त्यसको बारेमा स्थानिय स्थलमै गएर जनताहरु संग भेटघाट गरेर सोहि अनुसार योजनाहरुमा रकम विनियोजन गर्ने बताए माननियका स्थानिय निकाय हेर्ने प्रतिनिधि पुस्कल कर्मचार्य ।
यस अधि पनि माननिय रानाले यस बर्षको कोरोना नियन्तणको लागि केहि रकम नेपाल सरकारले काटे पनि पुराना अधुरा योजनाहरुमा रकम विनियोजन गरिसके पछि बाँकि यस बर्षको नयाँ योजनामा बजेट बिनियोजन गर्ने बताए ।


वहाँले धनगढी उपमहानगर पालिका वडा नं. ११ बेला गाउँ स्थित रानाथारु होमस्टेको अधुरो भवनको लागि रकम विनियोजन भैसकेको बताए । यसैगरी धनगढी –स्याउले हुदै हडखोली सम्मको रोडको पनि डिपिआर भैसकेको अब केहि दिमा नै टेन्डर हुदै छ भन्ने जानकारी दिए माननियका स्वकिय सचिब कमल सिंह रानाले ।


यसै गरि धनगढी उपमहानगर पालिका वडा नं. ३ चटकपुरमा जनताहरु संगको छलफलमा माननिय रानाले तपाइहरुलाई के को आवस्यक्ता छ । बाटोघाटो सानो पुलपुलेसा यहाँको स्थानिय नगरपालिका र वडाले निर्माण गर्ने हो भने मैले ठुला बढी लगानी भएका योजनाहरु निर्माण गर्ने भएकोले यस्तायोजनाहरु बताउनुहोस ति योजना बनाउने मेरो पहल हुने कुरा बताए ।

माननिय रानाको कैलाली क्षेत्र नं. ५ मा २१ बटाका योजनाहरुको अनुगमन गर्ने काम अन्तिम चरणमा पुगिसकेको पनि बताए स्वकिय सचिब रानाले ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio