कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा प्रहरी सहित तीन जना

कञ्चनपुरमा मोटरसाइकल दुर्घटना हुदा प्रहरी सहित तीन जना

कञ्चनपुर,१ मंसिर ।
कञ्चनपुरको पुर्वपश्चिप राजमार्ग कृष्णपुर २ बाणीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किदा तीन जना घाइते भएका छन । म १ प ७८२३ र सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किदा कैलाली प्रहरीमा कार्यरत प्रहरी सहायक निरीक्षक धिरबहादुर विष्ट र यहाँको शुक्लाफाँटा नगरपालिका १ बन्साहका ४० बर्षिय उत्तमसिह धानक र २१ बर्षिय सुनिता विष्ट घाइते भएका छन ।
इलाका प्रहरी कार्यालय गुलरियाका प्रहरी नायव निरीक्षक भरत धामीका अनुसार सुप प्र.०१–००८ प २८९ नम्बरको मोटरसाइकल चालक बन्साहका धानुक घाइते भएका छन । धानुकको मोटरसाइकलमा सवार युवती विष्ट र म१प ७८२३ मा सवार प्रहरी सहायक निरीक्षक विष्ट सामान्य घाइते भएको प्रहरीले जनाएको छ । घाइतेहरुलाइै उपारका लागि कैलालीको अत्तरीया स्थित पद्मा अस्पताल लगिएको प्रहरी नायव निरीक्षक धामीले बताउनुभयो ।

सेयर कर दियो ।

विज्ञापन