धनगढी, २७ कार्तिक । रानाथारु भाषाको उपन्यास ‘फगुनी’ र अर्धवार्षिक पत्रिका ‘सबेरो’ को विमोचन गरिएको छ ।
नेपाल रानाथारु समाजद्वारा आयोजित दिपावलीको शुभकामना आदानप्रदान कार्यक्रममा उक्त उपन्यास र पत्रिकाको विमोचन प्रतिनिधी सभा सदस्य नारदमुनि रानाले गरेका थिए ।
विमोचन गर्दै प्रतिनिधी सभा सदस्य रानाले उपन्यास र पत्रिकाले राना थारु समुदायको लोक कला संस्कृति बचाउनका साथै पहिचान दिन सहयोग पु¥याउने बताए ।
नेपाल रानाथारु समाजद्वारा प्रकाशित उपन्यास ‘फगुनी’ की लेखक पदम राना हुन् । त्यस्तै आगनबारी मिडिया प्रालिद्वारा प्रकाशित अर्धवार्षिक पत्रिका ‘सबेरो’ प्रकाशक सम्पादक नन्दलाल राना रहेको छन । प्रालिद्वारा यसअघि रानाथारु डटकम र रानाथारु यूट्यूब च्यानल पनि सञ्चालनमा ल्याएको छ ।
कार्यक्रममा विशिष्ट अतिथि सुदूरपश्चिम प्रदेशसभा सदस्य श्यामलाल राना, कृष्णपुर नगपालिकाकी उपमेयर रमिता बडायक लगायत, समाजसेजवी, वुद्धिजिवीहरुको सहभागिता रहेको थियो ।