धनगढी,२५ कातिक ।
कैलाली धनगढी उपमहानगर पालिका १५ ले जेष्ठ नागरिक तथा एकल महिलाहरुलाई न्यानो कपडा ओढाइ सम्मानित गरेको छ । प्रतिनिधि सांसद माननिय नारदमुनि रानाले कार्यक्रममा १०४ बर्षे बृद्घा रम्भा राना लगायत एकल महिला,विपन्न,दलित तथा जेष्ठ नागरिकहरुलाई न्यानो कपडा ओढाइ सम्मानित गर्नु भएको थियो ।
“उक्त कार्यक्रममा सांसद रानाले २०५१ साल देखि बृद्घ÷बृद्घा, विपन्न,एकल महिला , दलितहरुलाई भत्ता स्वरुप रु एक सयबाट शुरुगरिएको कार्यक्रम अहिले नेकपाको सरकारले रु ५ हजार पु¥याउने लक्ष्य लिएको बताए ।’’
“यसरी नेकपाको सरकार हुदा कोहि पनि व्यक्ति भोक, रोग, चिसोबाट प्रभावित नहुने बताए सांसद रानाले । उर्मा र शान्ति कटान जोडने शिव गंगा नदिमा झोलेङ्गे पुलको साथै पक्किपुलको लागि टेन्डरको कार्य अगाडि बढेको छ ।’’
सुकम्बासीलाई नेपाल सरकारले सुकम्बासी आयोग गठन गरेर भुमिहिन ब्यक्तिहरुलाई लालपुर्जा उपलब्ध गराउने नेकपाको सरकारले गरेको छ ।”
कार्यक्रम धनगढी उपमहानगर पालिका १५ का वडा अध्यक्ष फुलराम चौधरीको सभापतित्वमा भएको थियो । आ.व. २०७७/०७७८को बजेटबाट १ लाख ५० हजार विनियोजित गरि बृद्घ÷बृद्घा, विपन्न,एकल महिला , दलितहरुलाई चिसो बढे संगै कम्मल बितरण गरेको बताए ।
धनगढी उपमहानगर पालिका र संघिय सरकारले कोरोना अस्पताल वडा नं. १५ मा स्थापनको लागि पहल गरेमा यसै वडामा जग्गा उपलब्ध गराउने बताए अध्यक्ष चौधरीले ।