माननिय नारदमुनि राना, हनुमान नगर सामुदायिक भवनको उदघाटन

माननिय नारदमुनि राना, हनुमान नगर सामुदायिक भवनको उदघाटन

धनगढी,२६ कातिक ।
कैलाली क्षेत्र नं. ५ का प्रतिनिधि सभाका सांसद माननिय नारदमुनि रानाले सामुदायिक भवनको उदघाटन गर्नु भएको छ ।

धनगढी उपमहानगर पालिका वडा नं. १२ स्थित हनुमान नगर सामुदायिक भवनको समुदघाटन गर्नु भएको छ । “वहाँले नेकपाको सरकारले नेपालको गुमेको भाग कालापानी, लिम्पियाधुरा र लिपुलेग फिर्ता ल्याएको बताए र कोभिट १९को अबरोधका कारणले पनि विकासको गतिहरु अगाडि बढेको बताए । यो ५ बर्षमा जनताहरुले सोचेका धेरै कामहरु पुराहुने विश्वास व्यक्त गरेका थिए माननिय रानाले ।’’

कार्यक्रमका विशिष्ट अतिथि सुदुरपश्ञ्चिम प्रदेशका सभासद माननिय नेपालु चौधरी र शुशिला बुढाथोकि लगायत नेता , समाजसेवी ,समुदायिक अगुवाहरुले शुभकामना राखेका थिए । कार्यक्रम उपभाेगता समितिका अध्यक्ष सत्यराज स्नेहीकाे सभापतित्वमा कार्यक्रम सम्पन्न भएकाे थियाे ।

सेयर कर दियो ।

विज्ञापन