सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

मनकारी विन्दु श्रेष्ठ द्वारा भिमसेन मन्दिरमा व्यास गद्दी हस्तान्तरण

मनकारी विन्दु श्रेष्ठ द्वारा भिमसेन मन्दिरमा व्यास गद्दी हस्तान्तरण

पुनर्वास , २१ कातिक ।

कञ्चनपसरको पुनर्वास नगरपालिका ५ स्थित भिमसेन मनिदरमा सतसंग गर्नका लागि व्यास गद्दी हस्तान्तरण भएको छ । आज एक कार्यक्रमका विच मनकारी विन्दु श्रेष्ठ द्वारा भिमसेन मन्दिरमा व्यास गद्दी हस्तान्तरण गर्नु भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि संविधान सभासदस्य माननिय दिवान सिंह विष्ट रहनुभएको थियो । ,,“भिमसेन मन्दिर यस ठाउँको पुरानो पुर्खौली मन्दिर रहेको छ , यो ठाउको मुलबासी रानाथारु समुदाय रहेकोले यसको संरक्षण तथा संबद्घन गर्नु तपाइको काँधमा रहेको र यसको साथै तपाइहरुले आप्नो संस्कृतिलाई पनि संरक्षण गर्दै लैजानु पर्ने बताए ।”,,
कार्यक्रमका विशिष्ट अतिथि नेपाली कंग्रेस कञ्चनपुर जिल्ला उपसभापति बन्धु राना रहनु भएको थियो । ,,“ वहाँले नेकपाको दुइतिहाइको सरकारले केहि गर्न सकेन भनेर अरोप लगाउनु भयो अब आउने २ बर्ष पछि नेपाली कंग्रेसले सरकार बन्ने बताए उपाअध्यक्ष राना । ”,,


कार्यक्रममा नेपाली कंग्रेसका कञ्चनपुर क्षेत्रिय सभापति गोपि उपाध्य लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रम मन्दिर व्यवस्थापन समितिका अध्यक्ष शिवराम रानाको अध्यक्षतामा सम्पन्न भएको थियो भने स्वागत मन्तव्य दिनदयाल रानाले गर्नु भएकाे थियाे ।
कार्यक्रममा आसपासका भक्तजनहरुको उपस्थित रहेको थियो भने कार्यक्रम तिर्थराज रानाले संचालन गर्नुभएको थियो ।