लालझाडी समन्वय समितिको अध्यक्षमा अमर सिंह राना सर्वसम्मत

१८ कार्तिक २०७७, मंगलवार
लालझाडी समन्वय समितिको अध्यक्षमा अमर सिंह राना सर्वसम्मत

नरेश राना / लालझाडी, १८ कत्तिक ।
कञ्चनपुरको लालझाडी गाउँपालिकामा समुदयिक वनको समन्वय समिति गठन गरिएको छ । सो समन्व्य समिति गठनमा सभापति लालझाडी गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष टीका राम चौधरी रहनु भएको थियो ।


प्रमुख अतिथि लालझाडी गाउँपालिका अध्यक्ष मदनसेन वडायक रहनु भएको थियो । उहाँले यस समन्वय समितिले रामनगर सामुदायिक वनबाट समन्वय गरेर अगाडी बढ्ने र गाउँपालिकाबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता दिनुभयो ।


कार्यक्रमको विशिष्ट अतिथिमा सोहि गाउँपालिका उपाध्यक्ष सत्यदेवी महरा तथा लालझाडी सव–डिभिजन वनका प्रमुख करुणा कर जोशी रहनु भएको थियो भने कार्यक्रमको स्वागत मन्तव्य सिद्धनाथ सामुदायिक वन उपभोक्ता समुहका अध्यक्ष चन्दर रानाले गर्नुभएको थियो ।
सोहि कार्यक्रममा अमर सिंह रानाको अध्यक्षतामा ११ सदसिय समन्वय समिति गठन गरिएको छ भने सचिव – विष्णु प्रसाद चौधरी, कोषाध्यक्ष – शारदा राना, सदस्य – खडक साउद, पप्पु राना, छोटी राना, हिरा देवी राना, हंसराम राना, चन्दर राना, देव कुमार चौधरी, मोती राम राना रहनुभएको छ भन्ने जानकारी अध्यक्ष रानाले दिए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio