महाकाली माविको रिक्त दरबन्दीमा स्थानीय शिक्षकलाई राखिनु पर्ने माग

१५ कार्तिक २०७७, शनिबार
महाकाली माविको रिक्त दरबन्दीमा स्थानीय शिक्षकलाई राखिनु पर्ने माग

धनगढी, १५ कार्तिक । बेलौरी नगरपालिका – ६ मा रहेको महाकाली माध्यमिक विद्यालयमा रिक्त दरबन्दीमा आफूनिटक व्यक्तिलाई शिक्षकमा राखेको भन्दै राना थारु संघर्ष समिति एक प्रेस विज्ञप्ती जारी गरि आपत्ति जनाएको छ ।

विद्यालयमा रहेको निमावि अंग्रेजी, मावि गणित र अंग्रेजी शिक्षकका लागि रिक्त रहेको दरबन्दीमा आफु निकट व्यक्तिलाई राखेकामा संघर्ष समितिले आपत्ति जनाएको हो । संघर्ष समितिले रिक्त दरबन्दीमा स्थानीयलाई प्राथामिकता राख्नु पर्ने माग गरेको छ ।

संघर्ष समितिका अध्यक्ष सागर राना र सचिव दुलारे रानाद्धारा हस्ताक्षरित विज्ञप्तीमा स्थानीयलाई प्राथमिकता राख्नु पर्ने माग गरेको छ । विज्ञप्तीमा भनिएको छ,

‘विद्यालय व्यवस्थापन समितिको कार्तिक ६ गते बसेको बैठकले रिक्त रहेको तिनै पदमा पुर्वाग्राही ढंगले बहुमतको दम्भ देखाई व्यवस्थापन समितिको सदस्यहरुको असहमति हुँदाहुँदै प्रअ र विद्यालय व्यवस्थापन समितिको अध्यक्षले आफ्नो मानोमानी ढंगले स्थानीय र आदिवासी जनजातिको प्रवाह नगरि अव्यवहारिक निर्णय गरेकोमा हाम्रो घोर आपत्ति रहेकाे छ संघर्ष समितिका संयाेजक सागर रानाले जानकारी दिए।

तिनै वटा रिक्त दरबन्दी पुनः छलफलमा गई निर्णय सच्याउनका निमित्त यो प्रेस विज्ञप्ति जारी गरेका छौं । यस प्रेस विज्ञप्ती माथि छलफल नभएमा चरणवद्ध आन्दोलन गर्न बाध्य हुने छौ ।’ यता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह बाेहरा र प्रअ रमेश सिंह भण्डारीले मावि अंग्रेजी विषय शिक्षकका लागि स्नाकोत्तर तहमा प्राप्त गरेको (अंक) प्रतिशतका आधारमा उक्त रिक्त दरबन्दीमा शिक्षक राखेको बताएका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio