गोदावरी नगरपालीका ३ दिनका लागि बन्द

१४ कार्तिक २०७७, शुक्रबार
गोदावरी नगरपालीका ३ दिनका लागि बन्द

राजेश राना। धनगढी,१४ काितक ।

गोदावरी नगरपालीका ३ दिनका लागि बन्द गरीएको छ । नगरपालिकाका कर्मचारीमा कोरोना संक्रमण देखिएपछि ३ दिनका लागी सेवा बन्द गरिएको छ ।

नगरपालिकाले एक सुचना जारी गर्दै सनिवार सम्मका लागि बन्द गरेको जनाएको छ । तर अत्यावश्यक सेवा अन्तरगत स्वास्थ्य सेवा, फोहरमैला व्यवस्थापन र दमकल सेवा भने सुचारु गर्ने सुचनामा उल्लेख गरिएको छ ।

नगरपालिकामा काम गर्ने २ जना कर्मचारीमा कोरोना संक्रमण देखिएको भन्ने कुरा गोदावरी नगरपालिकाका प्रवक्ता शर्मानन्द भट्टले जानकरी दिएका छ्न ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio