संवाददाताः एम .वि. राना
लालझाडि,११ कातिक ।
कञ्चनपुरको लालझाडि गाउपालिका ३ दोदा नदिमा टतबन्ध निर्माणको कामको शुरसार छैन । संघिय खानेपानी मन्त्रि विनामगर र प्रदेश सांसद तारालामा तामाङले चुनाबमा गरेको प्रतिबद्घता पुरा गर्न सकेनन ।लालझाडि गाउपालिका वडा नं.३ डुगा गाउमा दोदा नदिले कटान गरी ७४ घरपरिवार विस्थापित गरेको छ ।
२०६४ सालदेखि हामी पिडित परिवार दोदा नदि टतबन्ध गर्नका लागि संघर्ष गर्दै आइरहेका छौ ।,, उनीहरुले भनेकाछन चुनाबको बेला भोटलिनका लागि सबै नेताहरु भोटमाग्दै तपाइका सबै माग र मुद्दलाई हामीसम्बोधन गर्छौ ,,तर चुनाब सकिए पछि कोहि हेर्न आउदैनन भनेर अरोप लगाएका छन स्थानिय व्यक्ति हिमाल सिंह खत्रीले ।,
यी नेताहरुको पछि लागेर बषौदिन वितिसक्यो यो देशमा अन्दोलन विना कुनै काम अगाडि बढदैन त्यसैले अब संघर्ष समिति बनाएर भए पनि टतबन्धको काम अगाडि बढाउनु पर्छ भनेर सोहि गाउ बस्ने एकजना व्यक्ति महेश चौधरीले बताए ।
कार्यक्रम लालझाडि गाउपालिकाका वडा अध्यक्ष टिकाराम चौधरीको सभापतित्वमा टोल भेला भएको थियो । सो भेला कार्यक्रममा वडा अध्यक्ष चौधरी भने,, हामीले संघिय सरकार संग दोदा टतबन्ध निमार्ण गर्नको लागि २५ करोड माग गरेको जानकारी गराए थिए,, ।
टतबन्ध कार्यलाई शसक्त रुपमा अगाडि बडाउनका लागि रामेश चौधरीको संयोजकत्वमा ११ सदसिय संघर्ष समिति समेत गठन गरेका छन । जसमा सहसंयोजक बलबहादुर केसी , सचिबमा रामप्यारा चौधरी , कोषाध्यक्षमा मेघनाथ राना , सदस्यमा रामसिह चौधरी , महेश चौधरी ,जनक सिह , मान सिह साँवद ,विश्राम चौधरी , दर्गादत्त जोशी र नारायण राना रहेका छन भने सात सदसिया सल्लाकार समिति बनाएका छन । भेला कार्यक्रममा गाउका बुदिधजिवी ,भलमन्सा लागयतको उपस्थिती रहेको थियो ।