पुनर्वासमा छोराको ढुङ्गा प्रहारबाट आमाको हत्या

पुनर्वासमा छोराको ढुङ्गा प्रहारबाट आमाको हत्या

पुनर्वास,९ कातिक ।

कञ्चनपुरको पुनर्वासमा आप्नै छोराको ढुङ्गा प्रहारले आमाको ज्यान गएको छ । पुनर्वास नगरपालिका स्थित ६५ बिगहा क्षेत्रमा रहेको शिविर टोलमा बसोबास गर्दै आएकी ५० बर्षिय पार्वती बादीको ३५ वर्षिय आप्नै छोरा पप्पु बादीले रातीको समयमा सामान्य विवादमा ढुङ्गा प्रहार गरी हत्या गरेको ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीका प्रहरी निरीक्षक कैलाश सिह बिष्टले जानकारी दिए । हत्यामा संलग्न छोरा पप्पु बादीलाई प्रहरीले नियन्त्रणमा लिइसकेको प्रहरी निरीक्षक बिष्टले बताए ।

विज्ञापन