‘केही नहुनेका लागि हामी छौ’ अभियान अन्तर्गत आठौँ दिनमा घोडाघोडीका ४ परिवारलाई राहत वितरण

३ कार्तिक २०७७, सोमबार
‘केही नहुनेका लागि हामी छौ’ अभियान अन्तर्गत आठौँ दिनमा घोडाघोडीका ४ परिवारलाई राहत वितरण

कैलाली , ३ कातिक ।

कैलालीमा ‘केही नहुनेका लागि हामी छौ’ अभियान अन्तर्गत घोडाघोडी नगरपालिका वडा नम्बर ८ का विपन्न परिवारलाई राहत वितरण गरिएको छ । सोमबार अभियान आठौँ दिन अन्तर्गत ४ परिवारलाई राहत वितरण गरिएको बताईएको छ ।

अति विपन्न परिवारलाई १९ हजारको चामल, दाल, तेल, नुन, सोयाबिन, साबुन खाद्य सामाग्री सहित र एक हजार वितरण गरिरहेको अभियन्ता लक्ष्मी भट्टराईले बताए ।अध्ययनका लागी अस्ट्रेलिया गएका विष्णु भट्टराई र भारतको व्याङ्गलोरमा बस्दै आएका मौसम सुनारले सहयोग गरेको कर्ण भण्डारीले बताए । आफूहरूले समन्वय मार्फत अति विपन्न परिवारलाई राहत वितरण गरीएको अभियान्ताहरुले बताएका छन् ।

केही नहुनेको हामी छौँ अभियानमा स्थानीय केही युवाहरूले केही रकम आफै र केही अरूको सहयोगमा पनि विपन्न गरिब बस्तीमा खाद्यान्न हस्तान्तरण गर्दै आइरहेका छन् ।आठौँ दिनको राहत वितरण कार्यक्रममा डा नम्बर ८ का वडा अध्यक्ष भिम बोगटी ,घोडाघोडी उद्योग वाणिज्य सङ्घका अध्यक्ष जियालाल आचार्य, उपाध्यक्ष नन्दराम सापकोटा, इलाका प्रहरी कार्यालय सुखडका प्रहरी नायब उपरीक्षक सागर बोहरा लगाएको सहभागिता रहेको थियो ।

अहिले सम्म एक दर्जन बढी परिवारलाई सहयोग गरेको अभियन्ताहरूले बताएका छन् । अभियानमा घोडाघोडी बहुमुखी क्याम्पसका पूर्व प्राचार्य लक्ष्मीप्रसाद भट्टराई, राष्ट्रिय कलेजका प्राचार्य कर्ण भण्डारी, घोडाघोडी उद्योग वाणिज्य सङ्घका पूर्व उपाध्यक्ष होम आचार्य, व्यापारी ठम्मन बोहरा ,ज्ञानु चौधरी र विद्यार्थी धर्मेन्द विष्ट रहेका छन् ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio