सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

गेटा आँखा अस्पतालमा बिरामी नहुदा सुनसान

गेटा आँखा अस्पतालमा बिरामी नहुदा सुनसान

राजेश राना/ धनगढी,२ कातिक ।

भारतीय बिरामीले भीडभाड हुने कैलालीको गेटा आँखा अस्पताल हिजोआज भने सुनसान भएको छ। कोरोना संक्रमणपछि सरकारले नेपाल–भारत सीमा नाका बन्द गरेपछि भारतीय बिरामी नआउँदा अस्पताल सुनसान भएको हो।

अस्पतालले सामान्य समयमा दिने उपचार सेवा नेपाली भन्दा भारतीय नागरिकको चाप बढी हुने गरेकोमा नाका बन्द भएपछि घटेको हो। कोरोना संक्रमणको त्रासले समेत गम्भीर अवस्थामा नपुग्दा सम्म सेवाग्राही अस्पताल नआउँदा पनि चाप कम भएको हुनसक्ने अस्पतालले जनाएको छ।

तर संक्रमणको अवस्थालाई ध्यानमा राख्दै स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गरी सेवा दिईरहेको अस्पतालले आँखा सम्बन्धी समस्या भएका कोरोना संक्रमितका लागि समेत छुट्टै उपचार कक्ष स्थापना गरिएको डा. सुरेशराज पन्तले बताए।