श्री बैजनाथ माध्यमिक विद्यालयको अध्यक्षमा संविधान सभासदस्य कृपाराम राना

श्री बैजनाथ माध्यमिक विद्यालयको  अध्यक्षमा संविधान सभासदस्य कृपाराम राना

कञ्चपुर , ३० असाेज ।

कञ्चनपुरको बेकोट नगर पालिका वडा नं. २ मा स्थित श्री बैजनाथ माध्यमिक विद्यालयको विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा संविधानसभा सदस्य कृपाराम राना सर्वसम्त चयन भएका छन । आज बसेको विद्यालय व्यवस्थापन समितिको बैठकबाट वहाँलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष पदमा सर्वसम्मत भएका हुन ।

गत बर्ष मिति २०७६ पुस महिनामा अभिभावक भेलाबाट ४ जना अभिभावक छनौट गरि भेला सम्पन्न भएको थियो । अहिले विद्यालय व्यवस्थापन समिति गठन गर्नका लागि ४ जना अभिभावक मध्यबाट,चन्दादाता, शिक्षाविद, समाजसेवी आदि मध्यबाट २ जना १ महिला अनिवर्य , १ जना शिक्षक प्रतिनिधि, १जना सदस्यसचिब सोहि विद्यालयका प्रधानाध्यपक र १ जना जनप्रतिनिधि रहने व्यवस्था रहको छ ।

सोहि अनुसार २ जना छनौट गर्नका लागि कोविड १९ विश्वाकोराना भाइसका कारणले विद्यालय बन्दहुन पुगेको र पठन कार्य देखि सबै कार्यक्रम स्थगित भएको थियो । अहिले विद्यालय संचालन नभए पनि केहि खुकोलो भएको हुदा आज विद्यालय व्यवस्थापन समितिको बैठक बसि २ जना संविधान सभासदस्य कृपाराम राना र लक्ष्मी पातली लाई सर्बसम्मतरुपम मनोति गरिएको थियो भन्ने कुरा वडा नं. २ का वडा अध्यक्ष नरेश सिहले जानकारी गराउनु भएको थियो ।

माननिय कृपाराम राना सोहि विद्यालयमा बालबिकास कक्षा देखि सात कक्षा सम्म अध्यन गर्नु भएको थियो भने सोहि विद्यालयमा शिक्षक भई १३ बर्ष अध्यापन समेत गराउनु भएको थियो । वहाँ संविधान सभासदस्य हुदा यस विद्यालयको विकास गर्न र नमुना विद्यालय बनाउन वहाँको महत्वपुर देन रहेको थियो बताए वडा अध्यक्षा सिहले ।

विज्ञापन