दोदा नदिमा पुल नहुदा आवत जावत गर्न अबठ्याराे

२७ आश्विन २०७७, मंगलवार
दोदा नदिमा पुल नहुदा आवत जावत गर्न अबठ्याराे

नरेश राना/लालझाडि, २७ असोज ।
कञ्चनपुरको लालझाडि गाउपालिका नदि र जंगलले घेरीएको गाउपालिका हो लालझाडि गाउपालिकामा आवत जावत गर्न धेरै कठीनाई भोगीरहेका छन ।

यस लालझाडिका वासी अहिलेको अवस्था हेर्दा खेरी ठाउँ ठाउमा नदिमा काठे पुल बनाई आवत जावत गर्ने लाई सजिलो भएको छ । यसै गरी लालझाडि गाउपालिकाकाे वाड नं. ३ मा पक्कि पुल नबनुन्जेल दोदा बगर कृषक समुहले पनि काठे पुल निर्माण गरी आवत जावत गर्नमा सजिलो भएको छ ।

लालझाडि ३ पर्सियाका जनताहरु कृषक समुह गठन गरी गाउपालिकामा दर्ता गराई यो काठे पुल निर्माण गरीएको समुहका अध्यक्ष मोली राना बताउछन । रानाले हामी यो काठे पुलको लागि घरमा राखेका काठ चिराई यसैबाट पुल निर्माण गरेको छौ ।

यसै गरी यस पुलमा दैनिक कम्तिमा ३ हजार देखि ४ हजार सम्म रुपैया उठने समुहका सदस्य लोकराज रानाले बताउछन । मोटरसाइकलको रु ३० र साइकलको रु १० रुपैया लिने गरेका छौ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio