अण्डैया खोलामा पक्की पुलको शिलान्यास गर्दै पुर्व मन्त्रि साेडारी

२६ आश्विन २०७७, सोमबार
अण्डैया खोलामा पक्की पुलको शिलान्यास गर्दै  पुर्व मन्त्रि साेडारी

धनगढी,२६ असाेज ।

कैलालीको गौरीगङगा नगरपालिका वडा न ८ र ५ जोड्ने अण्डैया खोलामा पक्की पुलको शिलान्यास गरिएको छ । सोमबार सुदूरपश्चिम प्रदेशका सामाजिक बिकास मन्त्री दीर्घ सोडारिले एक कार्यक्रमका बिच पुलको शिलान्यास गरे ।

सोडारीले जनता माझ गरेका बाचा क्रमशः पूरा गर्दै गएको बताए । सोडारिले भने-” गत निर्वाचनमा तपाईहरु माझ पुल बनाउन नसके अर्को पटक भोट माग्न आउदैनौ भनेको थिए।, अहिले त्यो बाचा पूरा भएको छ । गौरिगङ्गा सबै वडामा पक्की पुल बन्दैछन ।

ढुक्क हुनुहोस् । तपाइहरु संग गरेका सबै बाचा पूरा हुँदैछन् । बर्सौ देखी खोलामा पुल नहुदा अण्डैया बासिले सास्ती ब्यहोर्दै आएका थिए । सोही क्षेत्रका सान्सद समेत रहेका सोडारीको पहलमा प्रदेशको भौतिक पुर्बाधार बिकास मन्त्रालय अन्तर्गतको पुर्बाधार बिकास कार्यलय बाट पुल निर्माण हुँदै छ ।

९ करोड ६९ लाखमा निर्माण हुन लागेको पुल २ बर्ष भित्र काम सकिने छ । पुर्बाधार बिकाश कार्यलय कैलालीका प्रमुख श्याम खड्काको अध्यक्षता भएको कार्यक्रममा गौरिगङगा नगर उपप्रमुख अञ्चला, वडा नम्बर ८ का अध्यक्ष तुलाराम सापकोटा लगाएतकाले सुभकामना मन्त्ब्य राखेका थिए । वडा नम्बर ५ का अध्यक्ष जङ्ग बिकले स्वागत गरेका थिए

Wedding Story advertisement Of Jems Movies & Photo Studio