कञ्चनपुर , २५ असाेज ।
कञ्चनपुरकाे दुइ स्थानमा छुटछुटै दुइ लास भेटिएका छ न ।
जिल्लाको कृष्णपुरन नगरपालिका र महाकाली नगरपालिकामा दुई जना मृत भेटिएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरिक्षक अमर थापाले कृष्णपुर नगरपालिका वडा नम्बर ७ का ३५ वर्षीय रमेश राना र महाकाली नगरपालिका वडा नम्बर १ को पशुपति टोलकी ३५ वर्षकै तुलसीदेवी सुनार मृत भेटिएको बताए।
रानाको शव परीक्षणका लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ भने सुनारको शव परीक्षणपछि आफन्तले बुझेका छन्।
उनीहरु दुवै जना झुण्डिएको अवस्थामा मृत भेटिएको बताउँदै प्रहरी नायब उपरिक्षक थापाले घटनाको अनुसन्धान भईरहेको जानकारी दिए।