नरेश राना , कृष्णपुर १६ असोज ।
कञ्चनपुरको कृष्ण्पुर नगर पालिका ७ रैकवार विचवामा धान थ्रेसिङ्ग गर्दा मेसिनमा परेरा एक जना महिलाकाृ मृत्यु भएको छ ।
आज विहान ७ बजे धान थ्रेसिङ्ग गर्ने क्रममा मेसिनमा परेर कृष्णपुर नगर पालिका वडा नं. ७ की ४५ बर्षिय लक्ष्मी साँउदको मृत्यु भएको हो ।
थ्रेसिङ्ग मेसिनमा धानका बाला हाल्र्द गर्दा मेसिनको पट्टामा कपाल परेपछि महिलाको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय कञ्चनपरका नायव उपरिक्षक अमर बहादुर थापाले बताउनु भयो । सोधपुछका लागि से.१ त ७४२१ नम्बरको टयाक्टरका धनि समेत रहेका चालक गणेश रानालाई नियन्त्रणमा लिएको थापाले बताए ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





