काठमन्डाै , १५ असाेज ।
सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । बिहीबार नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य १–१ रुपैयाँ घटाएको हो ।
घटेको मूल्यअनुसार पेट्रोल १०६ रुपैयाँ, डिजेल र मट्टितेलको मूल्य ८९–८९ रुपैयाँ कायम भएको हो ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यमा केही गिरावट आएको भारतबाट पनि सोहीअनुसार मूल्य सूची आएकाले मूल्य घटाइएको निगमले जनाएको छ ।