कञ्चनपुरमा जंगली जनावरकाे अतंकले किसान चिन्तामा

१० आश्विन २०७७, शनिबार
कञ्चनपुरमा जंगली जनावरकाे अतंकले किसान चिन्तामा

राजेश राना / कञ्चनपुर,१० असाेज ।

जङ्गली बाँदर र हत्ति खेतमा पाक्न लागेको धानबालीमा क्षति पुर्‍याउन थालेका छन । कञ्चनपुरकाे कृष्णपुर नगरपालिकाका स्थानीय किसानहरू धानबाली बचाउन रातभर खेतमै जाग्राम बस्ने गरेका छन्।

घर नजिकै रहेका जङ्गलबाट बँदर ले बालीमा क्षति पुर्‍याउन थालेपछि रातभर खेतमै जाग्राम बस्नुपर्ने बाध्यता भएको बताए छाेटेलाल राना । छपाक्नै लागेको धानबाली बचाउनका लागि यहाँका कृषक रातिराति थाल बजाउने, होहल्ला गर्ने, टर्चलाइट बाल्ने, खेतमा बत्ती बाल्ने, चौकीदारी गर्ने, तालि बजाउने, खेतमै जाग्राम बस्नेलगायत क्रियाकलाप गर्ने गरेको जानकारी दिए कृषक रानाले।

“केही किसानले त जनावर धपाउन राति खेतमा बस्नुपर्ने भएपछि त्रिपाल टागेर छाना बनाई खेतमै सुत्ने गरेका छन्” राना ले भने, बदर ले धानबाली खाने मात्र नभई भाँच्ने, कुल्चने, खन्ने गरेको कारण बढी क्षति हुने गरेको छ।”

ठूलो मिहिनेत र लगानीबाट वर्षभरि खान पुग्नका लागि उब्जाएको धानबाली जनावरले खाई दिनाले परिवार पाल्नसमेत अप्ठ्यारो हुने सम्भावना बढेकोमा चिन्ता व्यक्त गरेका छन ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio