धनगढी,९ असाेज ।
“सुरक्षित गर्भपतन सेवा प्रतिको हाम्रो प्रतिबद्धता:कोभिड १९ को महामारीमा पनि सेवाको सुनिश्चितता” भन्ने मूल नाराका साथ धनगढी उपमहानगरपालिका कार्यालय र सुरक्षित मातृत्व संजाल महासंघ नेपालको संयुक्त अायोजनामा छैटौं सुरक्षित गर्भपतन दिवस २०७७ को सन्दर्भमा असुरक्षित गर्भपतनका कारणले मृत्यु भएका महिला तथा किशोरीहरुको सम्झनामा अाज धनगढीको पार्कमोडमा दिप प्रज्वलन गरिएको छ ।
दिप प्रज्वलन कार्यक्रमा धनगढी उपमहानगरपालिका नगर उप प्रमुख सुशिला मिश्र भट्टले नेपालमा असुरक्षित गर्भपतनका कारणले थुप्रै महिला एंव किशोरीहरुको अकालमा ज्यान जाने गरेको उल्लेख गर्दे यस्तो संवेदनशील सवालमा महिला, किशोरी,घरपरिवार र समुदायमा सचेतना जगाउन अावश्यक रहेको बताउनु भयो ।
कार्यक्रममा धनगढी उपमहानगरपालिका कार्यपालिका सदस्य गिता पन्त,सेती अंचल अस्पतालका बाल रोग विशेषज्ञ डा.प्रदिप मिश्र,रुडुककी अध्यक्ष ममता शाह ,धनगढी उपमहानगरपालिका न्यायिक समिति सदस्य रत्ना विष्ट, नेपाल दलित संघका केन्द्रीय उपाध्यक्ष छत्र वहादुर टेलर,
धनगढी उपमहानगरपालिका वडा नं १ कि वडा सदस्य बिमला जैरु,सामाजिक विकास तथा जागरण मंचकी सचिव खेमा विक,त्रिनगर माविका अध्यक्ष प्रेम विसी,फाया नेपालका सदस्य बाल कुमारी चौधरी , महिला पैरवी मंचकी अध्यक्ष सपना भण्डारी,दलित जागरण केन्द्रकी अध्यक्ष विन्दा देवल,
धनगढी उपमहानगरपालिका कार्यालय स्वास्थशाखाकी विद्या कुमारी चन्द ,महिला शाखा प्रमुख अनिता बुढाऐर सुरक्षित मातृतब संजालका तपेन्द्र भुषाल,भेष बम,अोमजंग सिह लगायतको सहभागीता रहेको थियोे ।
सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश संयोजक राजेन्द्र रैकाले संचालन गर्नुभएको कार्यक्रम प्रदेश संयोजक बिनय लामाको अध्यक्षतामा सम्पन्न भएको थियो । नेपालमा २०५९ असोज १० गते मूलुकी ऐेनको ११ अौँ संशोधन पछि गर्भपतनले कानुनी मान्यता पाएको हो भने नेपालमा बार्षिक ८०,००० भन्दा बढीले यो सेवा लिईरहेका छन् ।