पुनर्वास , ९ असाेज ।
पुनर्वास नगरपालिका वडा नं.५ सिमरी गाउँका भिमसेन युवा क्लावका युवायुवतीहरुले गाउमा कुलतमा लागेका व्यक्तिहरुलाई समझाउने गरेको छ । साथै त्यसता व्यक्तिहरुको लागत लिने काम पनि गरेका छौ भनेर संस्थाका अध्यक्ष नबराज रानाले जानकारी दिनुभयो ।
कोभिड १९ को कारण धेरै युवाहरु बेरोजगार भइ खालि बसेका छन एउटा भनाइ छ कि “खालि दिमाग सैतानको घर “भन्ने भनाइ अनुसार खालिबसेको बेलामा के गर्ने के नगर्ने भन्ने कुरा छुट्टयाउन नसकिने भएर कुलतमा लागेर बिभिन्न किसिमका नराम्रा घटना घटाउन पुग्छन र पछि आमा बुवा लाई दुःख हुनेगर्दछन् भनेर बताए ।
यसै क्रममा यस पुनर्वास नगरपालिका वडा नं. ५ सिमरि राना गाउँमा मात्र यसै लगडाउनको अवधिमा ५ जना भन्दाबढी ब्यक्तिहरुले आत्माहत्या गरी मृत्यु भएको र यसको पछिको कारण सायत लागुऔषत हो कि भनेर हामी घर घरमा गइ लागुऔषत विक्रिवितरण गर्ने सम्भाव्य व्यक्तिका घरमा गइ सम्झाउने गरेका छौ अध्यक्ष रानाले बताए ।
सोहि क्रममा सम्पति विवरण , शैक्षिक विवरण , घरको विवरण – पक्कि , कच्ची) र कुल जनसंख्या कति हो भनेर यकिन डाटा लिने पनि गरेका छौ भनेर सचिब त्रिलोक रानाले बताएका छन ।
लागुऔषत जस्ता बस्तु घरमा रहेका छन भने ति बस्तुहरुलाई जलाउने गरेका छौ संस्थाकि कोषाध्यक्ष ममता रानाले बताइन , यो जनचेतना अभियामा गाउका भलमन्सा राधेश्याम राना , रानाथारु उत्थान समनव्य मञ्चका सचिब तिर्थराज रानालगायतको अगुवाइमा भइरहेको छ ।