मेचीमहाकाली बुहारी संयुक्त आवाजको अध्यक्षमा महिला नेतृ जागृती बोगटी

८ आश्विन २०७७, बिहीबार
मेचीमहाकाली बुहारी संयुक्त आवाजको अध्यक्षमा महिला नेतृ जागृती बोगटी

धनगढी,८ असाेज ।

महिला तथा वालवालिका विरुद्धको हाम्रो अभियान भन्ने मूल नाराका साथ महिलाहरुको मानवअधिकार,सामाजिक न्याय,समानता,अर्थपूर्ण समान सहभागीता र अधिकारका लागि मेचीमहाकाली बुहारी संयुक्त आवाज नामक संस्था स्थापना भएको छ ।

एक कार्यक्रमका विच महिला नेतृ एंव सामाजिक अभियन्ता जागृती वोगटीको अध्यक्षतामा मेचीमहाकाली बुहारी संयुक्त आवाजको १३ सदस्यीय कैलाली जिल्ला समिती गठन गरिएको हो । संस्थाको उपाध्यक्षमा दुर्गा मल्ल,सचिवमा राधिका खड्का धामी,सहसचिवमा विन्दु बोगटी र कोषाध्यक्षमा आशा कुमारी चौधरी चयन भएका छन् भने बाकी ८ जना सदस्यहरु रहेका छन् ।

बुहारीहरु माथि अन्याय हुन नदिन, दाइजो प्रथा र बालबिबाह अन्त्य गर्न समिती क्रियाशिल रहने र महत्वपुर्ण भुमिका खेल्ने आवाजका अध्यक्ष जागृती बोगटीले बताउनु भयो। समाजमा धेरै महिला बालबालिकाहरु विभिन्न खालका हत्या हिसां बलात्कार, बालबिबाह, जस्ता कार्य भइरहेकाले यसको बिरुद्धमा आवाज उठाउने जनाइएको छ ।

मेची महाकाली बुहारी संयुक्त आवाज, यो देशको धेरै जसो जिल्लामा बिस्तार भइसकेको छ र यसका शाखाहरु बिदेशमा समेत विस्तार भइसकेको छ । ‘मेची महाकाली बुहारी संयुक्त आवाजले छोरी बुहारी र महिला मात्रमा सीमित नरहेर समाजमा घट्ने हरेक घटनाको बिरुद्धमा आवाज उठाउने बताइएको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio