फाया नेपालले सहयोग सहित मानवसेवा आश्रममा मनायो सामाजिक सेवा दिवस ।

७ आश्विन २०७७, बुधबार
फाया नेपालले सहयोग सहित मानवसेवा आश्रममा मनायो सामाजिक सेवा दिवस ।

धनगढी,७ असाेज ।

४१ औँ सामाजिक सेवा दिवशको अवसरमा फाया नेपालले धनगढीस्थित मानव सेवा आश्रमलाई सहयोग गरेको छ।

फाया नेपालले मानव सेवा आश्रम कैलालीलाई ब्यक्तिगत सरसफाई तथा स्वच्छता सामाग्री हस्तान्तरण गरी आश्रममा आश्र्रय लिई बसेका मानिसहरु सामाजिक सेवा दिवस मनाएको हो ।

आश्रमको सेवालाई थप सहजता प्रदान गर्न निमित्त सामाजिक सेवा दिवसको अवसरमा ब्यक्तिगत सरसफाई तथा स्वच्छता सामाग्रीहरु सहयोग गरिएको फाया नेपालका अनुगमन मूल्याँकन संचार संयोजक शेर बहादुर बस्नेतले बताउनु भयो ।

संस्थाले आश्रमलाई ३८ थान ब्रस, ३८ थान नुहाउने साबुन, ३८ थान लुगा धुने साबुन, ३८ थान नङ कटर, ५र५ थान वाल्टिन र जग, एक थान त्रिपाल हस्तान्तरण गरेको फाया नेपालका निती तथा साझेदार संयोजक धनपति ढुगेलले जानकारी दिनुभयो ।

उक्त सामाग्रीहरु फाया नेपालका अध्यक्ष लोकराज भट्टले हस्तान्तरण गर्नुभएको हो । मानव सेवा आश्रममा तीन बालबालिका सहित ४१ जना अफ्ठेरो मा परेका विगतमा सडकमा जीवन विताईरहेका नागरिहरुलाई सेवा प्रदान गरि पुनर्जीवन दिने प्रयास गरिरहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio