संवाददाता ः नरेश राना
लालझाडि,७ असाेज ।
कञ्चनपुरको लालझाडि गा.पा.वडा नं. २ कस्वामा श्री बागवानी सामुदायिक वन उपभोक्ता समुहको आज ७औँ सधारण सभा सम्पन्न भएको हो । सधारण सभा समाजिक दुरी कायम गरी मास्क र सेनिटाइजर प्रयोग गरी एक कार्यक्रमका विच भएको हो । कार्यक्रमका सभापति उपभोक्ता समुहका अध्यक्ष श्री देवकुमार चौधरी रहनु भएको थियो ।
यसै गरी कार्यक्रमका प्रमुख अतिथि लालझाडि गा.पा वडा नं. २ का वडा अध्यक्ष हेमराज राना रहनुभएको थियो । यस समुदायिक वन उपभोक्ता समुहले आयआर्जनका लागि कागती , डाले घाँस जस्ता विरुवा लगाएर खेती गर्ना सक्छन र वडा कार्यालय संग कहकार्य गरेर गर्यो भने हामी पालिकावाट हरेक कुरामा सहयोग गर्ने छौ भनी जानकारी दिनुभयो वडा अध्यक्ष राना ।
विश्ष्टि अतिथिमा आअअ का सदस्य साहु राना रहनुभएको थियो भने स्वागत मन्तव्य समुहकी सदस्य श्रीमती पुनम नेपालीले दिनुभएको थियो । त्यसैगरी शुभकामन मन्तव्य दिनेमा लालझाडि गा.पा नेकपा कमिटिका सचिब निर्मल रानाले यस सामुदायक वन उपभोक्ता समुहले विधान र कार्ययोजनाका अधारमा कार्यं सञ्चालन गर्नुका साथै कोविट १९ कारणले सामजिक दुरी कायम गरी दशै तथा दिपावली मनाउन शुभकामना दिनुभएको थियो ।
सधारण सभामा समुहकाको बार्षिक आयव्याय समुहका सह सचिब राजकुमार तिरुवाले रु ३ लाख ५८ हजार ५सय सतासी बरावरको कारोबार गरेको जानकारी दिनुभएको थियो ।
कायक्रमको संचालन वन उपभोक्ता समुहका सदस्य नन्दलाल तिरुवाले कार्यक्रम संचालन गरेका थिए ।