नरेश राना /कञ्चनपुर,५ असोज ।
सशस्त्र प्रहरी बल नेपाल नं. ३५ गण हेडक्वार्टर शैलश्रवरीबाट खटिएको मोबाइल गस्ती टोलीले लालझाडि गाउपालिका ६ स्थित जंगल ईलाकामा आइतबार भन्सार छली ल्याएका सामानहरु बरामद गरेको छ ।
सशस्त्र प्रहरी निरीक्षक ईश्वरी दत्त भट्टको कमान्डमा खटी गएको मोबाइल टोलीले लालझाडी गाउपालिका ६ जंगल ईलाकामा भन्सार छलि भारतबाट नेपाल भित्रयाउँदै गरेको अवस्थामा सुर्ती , गुटखा , बीडि , चिनी ,मटर दाना , कपडा प्लाष्टिक पाइप , किराना सामान तथा मोटरसाइकल सहित ७ लाख ५३ हजार ६ सय ५० बराबर मूल्यको सामान बरामद गरेको हो ।
बरामद गरिएको उक्त परिमाणको सामान आइतबार नै गड्डाचौकी भन्सार कार्यालय कञ्चनपुर बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक बिरेन्द्र ऐरले बताए ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





