कैलाली , ३ असाेज ।
कैलालीको भजनीनगरपालिकाको सोनाफाटाँमा पाँचौ सबिधान दिवस भब्यताका साथ मनाइएको छ । डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा नेकपाका नेता एंव संविधान सभा सदस्य हरि श्रीपाइली प्रमुख अतिथी रहनुभएको थियो ।
कार्यक्रममा पूर्वसासद श्रीपाईलीले हजारौँको बलिदानी र संघर्षवाट प्राप्त संविधानसभाबाट निर्मित नेपालको संविधानले समानुपातिक,समावेशी ,धर्मनिरपेक्ष लगायत आमनागरिक र राज्यवाट पछाडिपारिएका दलित,भूमिहिन एंव सिमान्तकृत समुदायको हक अधिकारको ग्यारेण्टी गरेकाले अब संविधानको अक्षरसःपालन र कार्यान्वयनमा हामी सबैले जोड दिनुपर्ने बताउनु भयो ।

कार्यक्रममा स्वागत मन्तव्य वडा सदस्य कृष्ण लाल धमालाले गरेका थिए भने बाढीपीडित संघर्ष समितिका संयोजक अजय तिमिल्सेना, प्रहरी चौकी ईन्चार्ज यज्ञराज खड्का, नेकपा वडा कमिटी अध्यक्ष प्रशु लामा,खेमराज काफ्ले, प्रकाश साउद र भल्मन्सा रामकिशन चौधरी लगायतको उपस्थिति रहको थियो कार्यक्रमके सञ्चालन जया प्रसाद ढुंगानाले गर्नुभएको थियो ।
![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





