जयनगर-जनकपु्र चल्ने ट्रेन सेट शुक्रबार जनकपुर आइपुग्ने , दसैंअघि संचालन हुने

१ आश्विन २०७७, बिहीबार
जयनगर-जनकपु्र चल्ने ट्रेन सेट शुक्रबार जनकपुर आइपुग्ने , दसैंअघि संचालन हुने

काठमन्डाै,१ असाेज ।

नेपालले खरिद गरेको जयनगर-जनकपुर रेलको ट्रेन सेट शुक्रबार जनकपुर आइपुग्ने भएको छ। नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले शुक्रबार १ बजेसम्म नेपाल आइपुग्ने जानकारी दिए। उनका अनुसार परीक्षणबाट राम्रो रहे मात्रै स्वीकार गरिनेछ। शनिबार भारतीय पक्षले नेपाललाई ट्रेन सेट हस्तान्तरण गर्नेछ। औपचारिक कार्यक्रममा सहभागी हुन महाप्रबन्धक भट्टराई र रेल विभागका कर्मचारी जनकपुर गएका छन्।

नेपालमा चल्ने रे गत वर्ष नै अर्डर गरिएका दुवै ट्रेन सेट कम्पनीले तयार पारेको थियो। सीमापारि बिहारको हाजीपुरमा ल्याएर राखिएका ट्रेन सेट भित्र्याउनु अघि विभागले तयारीका निम्ति समय मागेको थियो। यो रेल असोजदेखि संचालनमा ल्याउने तयारी छ।

जनकपुर-जयनगर खण्डमा चलाउन लागेको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। नेपालले करिब ८६ करोड रुपैयाँमा दुइ सेट डेमु ट्रेन खरिद गरेको हो। रेल आइपुगेपछि जयनगरमा राखिनेछ। दिनभर संचालन गरेर राख्नका लागि जयनगरमा पार्किङ स्टेशन बनाइएको भट्टराईले बताए।

रेल संचालनका लागि कम्पनीले १२९ जना सहायक प्राविधिक सहितको अनलाइन आवेदन खुलाइसकेको छ।  यो खण्डमा रेल संचालनका लागि  २२६ जना जनशक्ति आवश्यक पर्छ। तर तत्कालका लागि १२९ जना भर्ना गर्न लागिएको छ। भट्टराईले १२९ जनाले काम गर्दै जाने विस्तारै बाँकी पदपूर्ति गरिने बताए। प्रशासनिक र प्राविधिक सहयोगी कर्मचारी भर्ना  गर्न लागिएको हो। मुख्य प्राविधिक कर्मचारी भारतबाट ल्याउन लागिएको  छ। २६ जना प्राविधिक भारतबाट आउँदै छन्। यसका लागि कम्पनीलाई नेपाल सरकारले स्वीकृति दिइसकेको छ। भारतीय पक्षलाई कर्मचारी उपलब्ध गराइदिन कम्पनीले पत्राचार समेत गरिसकेको छ। 


स्टेशन म्यानेजरदेखि ड्राइभरसम्मका प्राविधिक लिन लागिएको हो। ‘हामीले हाम्रो रिक्वायरमेन्ट पठाएका छौं। मोडालिटी तय हुन बाँकी छ,’ भट्टराईले भने। भारतबाट रिटायर्ड कर्मचारीलाई उतैको मापदण्डअनुसार तलब सुविधा दिने समझदारीमा ल्याउन लागिएको हो। 
दुई वर्षपछि नेपाली इन्जिनियरहरु पनि  रेल संचालनका लागि तयार हुनेछन्। त्यसपछि भारतीय कर्मचारीलाइ फिर्ता पठाइनेछ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio