कञ्चनपुरमा विविध कार्यक्रम गरी विज्ञान दिवास मनायो

१ आश्विन २०७७, बिहीबार
कञ्चनपुरमा विविध कार्यक्रम गरी विज्ञान दिवास मनायो

संवाददाता : नरेश राना

कञ्चनपुर , १ असोज ।
कञ्चनपुरको लालझाडि गाउपालिकामा आज “स्वास्थ्य र गुणस्तरिय जिवनका लागि विज्ञान” भन्ने नाराका साथ लालझाडि गाउपालिका वडा नं. १ नौरंगामा विज्ञान दिवस मनाइएको छ ।

सो कार्यक्रममा सभापति लालझाडि गाउपालिकाका वडा अध्यक्ष हेमराज राना रहनुभएको थियो भने प्रमुख अतिथि गाउपालिका कि उपाध्यक्ष सत्यदेवी महरा रहनु भएको थियो । विशिष्ट अतिथि लालझाडि गाउपालिकाका प्रमुख प्रशासकिय अधिकृत शेर बहादुर बुढा रहनु भएको थियो ।


स्वागत मन्तव्य शिक्षा शाखा अधिकृत सिद्घराज भट्ठले गर्नु भएको थियो । स्वागत मन्तव्यमा भट्टले विज्ञान सम्बन्धि प्रदर्शन गर्दै अबको शिक्षा व्यावहरिक र जिवन प्रवाहमुख हुनुपर्छ बताए । यस्तै कार्यक्रममा विशिष्ट अतिथी प्रमुख प्रशासकिय अधिकृतले विज्ञान र वातावरण बिचको सम्बन्धको बारेमा जानकारी गर्दै विद्यालयका वालबालिका लाई वातावरण संरक्षण गर्न उत्प्रेरित हुने वातावरण सृजना गर्न अनुरोध गर्नुभयो ।

यस्तै प्रमुख अतिथि महराले विद्यालयलाई विज्ञानको प्रयोगशाला बनाउनु पर्ने कुरामा जोड दिदै आवश्यक पहल गर्ने बताउनु भयो ।
सोहि कार्यक्रममा बहुमल्य बनस्पतीहरु श्रीखण्ड,रुद्घाक्ष , रक्तचन्दन लगाएतका विरुवाहरु विद्यालयमा वितरण गरीएको कुरा श्री बैजनाथ बहुभाषिक आधारभुत विद्यालयका प्रधानाध्यपक सुरेन्द्र बोहराले जानकारी दिनुभयो । कार्यक्रम शिक्षा शाखाका प्रविधिक सहायक कुवेर बलमे सञ्चालन गर्नु भएको थियो ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio