नरेश राना/ कञ्चनपुर,२८ भादौँ ।
कञ्चनपुर शुक्लाफाँटा राष्टिय निकुन्जबाट २ दिन अगाडि लालाझाडिमा पसेको हातिको झुन्डले गएराती धानबाली तथा उखुबाली सखाप पारको छ । हातिको झुनडले लालझाडि गाउपालिका वडा नं. ४ जाइका किसानको ४ विघा जग्गामा लगाइको धानबालि तथा उखु बाली नष्ट गरेको हो ।
मध्यरातमा २३ ,२४ संख्यामा आएको हातिको झुन्डले स्थानियबासी , छोटे राना, जवाहर राना , अजय राना सम्मन राना , रामदिन रानाको धानवाली नष्ट गरीएको छ । भने रामदिन रानाको उखुबाली २ विघामा लगाइएको १ बिघा नष्ट गरीएको स्थानिय रामस्वारुप रानाले बताए ।
हातिको झुन्डले खुट्टाले कुल्चेरा तथा खाएरा नष्ट गरेको उनले भने । अन्य आसपासका किसानको खेतमा पनि हातिको बथानले यताउता हिडदै खुट्टाले कुल्चेरा धानबाली नष्ट गरेको छ ।
जिवन निर्बाहको मुख्य स्रोतको रुपमा रहेको धानबाली हातिको झुन्डले नष्ट गरीदिएपछि किसानको विजोग भएको उनले बताए । विगत केहि वर्षदेखी निकुन्जको मध्यवर्ती क्षेत्रमा हातिको झुन्डले खेतबारीमा लगाइएको धान तथा उखु बाली नोक्सानी गर्दै आएको छ ।
हाति नियन्त्रण का लागि गाउपालिकाले प्रभावकारी योजना ल्याउन नसक्दा किसानले हैरानी खेप्नु परिरहेको छ ।