पुनम राना / धनगढी, १९ भादौ,
धनगढी उपमहानगर पालिका वडा नं. १३ कैलाली गाउँ स्थित नारवा नालामा रहेको पुल बाढीले बगाउदा किसानहरु चिन्तित भएका छन ।
बर्षातको बेला हरेक बर्ष पानीले बगाउदा यहाँका स्थानिय व्यक्तिहरु धनबाली भित्रिने बेलामा पुलको मर्मत गरेर धान खेतबाट ल्याउने गर्दछन । बाटो नभए पछि धानबाली कसरी भित्रियाउने कैलाली गाउका भलमन्सा मुलचन्द रानाले बताए ।
हरेक बर्षा बढीले यसरी नै काटान गरी पुलको दायाँ र बाँयाँको भाग कटान गरी बगाएर बाटो अबरुद्घ हुने गर्दछ । यसो हुनुको पछाडि पुल सानो भएको हो ठुलो पुल बनाउनका लागि स्थानिय सरकारले कुनै चासो नदिएको बताए स्थानिय व्यक्ति झेली राना ।
पुलको यस्तो अवस्था देखेर बर्षेनी पुल मर्मत गर्नु भन्दा पुल पुनः निर्माण गर्दा राम्रो हुने विश्वास सोहि गाउँ बस्ने रामकिसन रानाले बताए ।