प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप

१८ भाद्र २०७७, बिहीबार
प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप

काठमाडाैं,१८ भादाै।

निषेधाज्ञाको उल्लंघन गर्दै बिहीबार ललितपुरको पुल्चोकमा स्थानियले रातो मत्स्येन्द्रनाथको रथ तान्न खोजेपछि झडप भएको छ । प्रहरीले स्थानियलाई रथ तान्न रोकेपछि झडप भएको हो ।

झडपमका क्रममा युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोरोना महामारीका बेला ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि उनीहरुले कुटपिट गरेका हुन् ।प्रहरीले रथ तान्न रोकेपछि यसौंको संख्यामा रहेका युवाहरुको समूहलाई तिरवितर पार्न पानीको फोहोरा र अश्रुग्यास हानेको थियो ।

त्यहीबीच कार्यक्षेत्रमा रहेका ट्राफिक प्रहरी जवानलाई केही युवाले ढुंगामुडा प्रहार गर्दै निर्घाट कुटपिट गरेका छन् । घिमिरे भाग्दै गर्दा पनि भिडमा विभिन्न व्यक्तिले कुटपिट गरेका छन् ।कुटपिटबाट घाइते भएका घिमिरेको अल्का अस्प्तालमा उपचार भइरहेको छ ।

अस्पताल स्रोतका अनुसार घिमिरेको टाउको र हातमा चोट देखिएको छ ।कोरोना महामारीका बेला पनि रात दिन नभनि काम गरिरहेका प्रहरी जवनामाथि नै यसरी कुटुपिट भएको भन्दै सुरक्षा निकायले चिन्ता व्यक्त गरेका छन् । समाजिक सञ्जालमा सुरक्षामा खटिएका प्रहरीमाथि ज्यानै लिनेगरी भएको कुटपिटको चर्को विरोध भइरहेको छ ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio