सम्पुर्ण जनमानसमा रानाथारु डटकमको तर्फबाट विजय दशमी तथा शुभ दिपावलीको हार्दिक मंगलमय शुभकामना ।

पुनरबास नगरपालिकामा बिष सेवन गरि आमा र छोराको मृत्यु

पुनरबास नगरपालिकामा बिष सेवन गरि आमा र छोराको मृत्यु

धनगढी,१६ भादाैँ ।

पुनर्वास नगरपालिकामा आमा संगै विष खुवाईएका आठ महिने दुधे बालकको मृत्यु भएको छ ।
पुनर्वास नगरपालिका वडा नं.१ पुरैनागाउमा २४ बर्षिया आमा निर्मला राना संगै ‘सल्फास’ नामक विष सेवन गराईएका आठ महिने अबोध दुधे बालक एलेक्स रानाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता प्रहरी नायव उपरिक्षक अमर बहादुर थापा क्षेत्रीले जानकारी दिनु भयो ।
भादौ ११ गते विहिबार दिउसो साढे ३ बजेतिर आमा संगै विष सेवन गराईएका अबोध बालकको उपचारका क्रममा सेती प्रादेशिक अस्पतालमा शुक्रबार विहान मृत्यु भएको हो, भने आमा निर्मलाको शनबिार मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रबक्ता थापा क्षेत्रीले बताउनु भयो ।
उहाँका अनुसार घटना के कति कारणले भएको हो अहिले घटनाको थप अनुसन्धान भईरहेको बताए । विहिबार दिउसो विष सेवन गरेको भन्ने थाहा पाउना साथ उपचारका लागि आमा र बच्चालाई धनगढी स्थित सेती प्रादेशिक अस्पताल लगिएको थियो ।