कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ

नरेश राना/ लालझाडि , १६ भादाै ।

कञ्चनपुरमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । सोमबार बेलुका कञ्चनपुरको महेन्द्र नगर बाट लालझाडि आउने क्रममा सु.प.०२।००३ प ३४८५ नम्बरको मोटरसाइकल दैजीमा ठक्कर दिमा साइकल यात्रीको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार बेदकोट नगरपालिका वडा नं. १० का ४२ बार्षिय साइकल यात्री धने पार्किको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मंगलबार मृत्यु भएको हो ।
मोटरसाइकल चालक लालझाडि गाउपालिका वडा नं. ४ का ३० बार्षिय दिलेन्द्र पन्त घाइते भएका हुन । उनी वडा कार्यालय ४ का वडा सचिबमा कार्यरत हुन । पन्तको धनगढीको मायामेट्टो अस्पतालमा उपचार भइरहेको छ ।

सेयर कर दियो ।