धनगढी, १६ भदौ । धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ८ मा रहेको नमो वृद्ध युवा क्लब धनगढीले दिन प्रतिदिन कोरोनाका नयाँ संक्रमित थपिदै गएपछि केहि वडामा आज देखि स्प्रे छर्न तथा सेनिटाईज गर्ने काम शुरु गरेको छ ।
नमो वुद्ध युवा क्लवको आयोनामा भईरहेको स्प्रे झर्न कार्यक्रममा सेती प्रादेसिक अस्पताल, धनगढी उपमहानगरपालिका, धनगढी उपमहानगरपालिका वडा नम्बर ७ र ८ को वडा कार्यालयले सहयोग गरेको क्लवका अध्यक्ष निरज बिष्टले बताए । उनले धनगढीको मुख्य सडक संगै वडा ७, ८, नम्बरमा स्प्रे छर्नका भईरहेको बताए
क्लवका संस्थापक अध्यक्ष तथा राष्ट्रिय युवा संघका सेती अञ्चल अध्यक्ष “एसवि” सेर बहादुर महराले स्थापना काल देखि नै नमो वुद्ध युवा क्लवले सधै सामाजिक कार्य गदै आएको बताए । उनले सामाजिक उत्तरदायित्व अन्तरर्गत नमो वुद्ध युवा क्लवले सधै समाजको उथान र प्रगतिका लागी काम गरेको बताए ।
पछिल्लो समय नेपालमा कोरोना भाईरस समुदाय स्तरमा देखिन थालेको भन्दै यस आम नागरिक सचेत हुन आवश्यक रहेकाो उनले बताए । कोरोना भाईरस नियन्त्रणका लागी सम्मपुर्ण नागरिक जिम्मेवार बन्न आयश्य रहेको महराले बताए । उनले नमो वुद्ध युवा क्लव आवश्यक परेको अवस्थामा संधै अग्रपंतिमा रहेर काम गर्ने तयार रहेको उनले जानकारी दिए ।
। स्प्रे छर्न तथा सेनिटाईज गर्ने काम राम्रो भएको धनगढी उपमहानगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष सिताराम रानाले बताए । उनले सरकारी स्तर बाट मात्रै कोरोना माहमारी संग लड्न नसकिने भएका कारण सवै सामाजिक संघ संस्थाहरुले सहयोग गनु आवश्यक रहेको बताए । उनले यस भन्दा पहिले पनि वडा कार्यालयले क्लव लाई सहयोग गदै आएको र आगामी दिनमा समेत अझै सहयोग गर्ने जानकारी दिए ।