धनगढी,३० सावन ।
संविधानसभाका सदस्य पूर्व सासद हरि श्रीपाईलीको विशेष पहलमा सुदूरपश्चिमका मुख्यमन्त्रि त्रिलोचन भट्टले कैलालीको बाढी प्रभाबित क्षेत्रको अनुगमन गर्नु भएको छ ।मुख्यमन्त्रि भट्टले आज बाढी प्रभाबित क्षेत्र भजनी, जोशिपुर लगाएका बाढी प्रभाबित क्षेत्रमा अनुगमन गर्नु भएको हो ।
अनुगमनका क्रममा मुख्यमन्त्री भट्टलाई बाढीमा ज्यान गुमाएको परिवारसङ्ग भेटघाट,बाढीबाट प्रभावित क्षेत्रका पीडित जनताहरुको अवस्था, बाढीले गरेको क्षति, कृषिमा भएको क्षति र नदि कटानको अवस्थाको बारेमा निरिक्षण तथा अनुगमन गराईएको अनुगमनमा सहभागी पूर्व सांसद हरि श्रीपाईलीले बताउनुभयो ।
मुख्यमन्त्री भट्टले डुबान क्षेत्रको अनुगमन गर्दै तत्काल र दीर्घकालीन योजना बनाएर समस्या समाधान गरिने बताएका छन । उनले बाढी प्रभावित क्षेत्रका बासिन्दाका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने आश्वासन दिए । त्यस्तै संघिय सरकारलाई समेत सहयोग गर्न आफुहरुले पहल गर्ने जानकारी दिए ।


![सुदूरपश्चिममा शान्तिपूर्ण मतदान सम्पन्न, ५१ प्रतिशत मत खस्याे [ कुन क्षेत्रमा कति मत खस्याे ]](https://ranatharu.com/wp-content/uploads/2026/03/FB_IMG_1772726480263.jpg)





