स्कुल अफ डेमोक्रेसीको प्रदेश अध्यक्षमा क्याम्पस प्रमुख धर्मदेब भट्ट

२८ श्रावण २०७७, बुधबार
स्कुल अफ डेमोक्रेसीको प्रदेश अध्यक्षमा क्याम्पस प्रमुख धर्मदेब भट्ट

धनगढी,२७ सावन ।

स्कुल अफ डेमोक्रेसीले सुदूरपश्चिम प्रदेश अध्यक्षमा ऐश्वर्य बहुमुखी क्याम्पसका प्रमुख धर्मदेव भट्टलाई चयन गरेको छ। डडेल्धुराको अजयमेरु गापा वडा नम्बर २ मा जन्मेका भट्ट हाल धनगढी उपमहानगरपालिका वडा नम्बर ५ मा बस्दै आएका छन्।राष्ट्रिय शिक्षा पुरस्कार लगायत ५ दर्जन बढी संस्थाबाट भट्ट सम्मानित भएका छन्। अहिलेसम्म देशभर ६७ जिल्लामा र १८ भन्दा बढी देशमा आफ्नो संगठन विस्तार गरिसकेको र तिब्र रुपमा विस्तार गर्ने क्रममा रहेको स्कुल अफ डेमोक्रेसीले सोमबार सातै प्रदेशका संयोजक तोकेको हो ।संयोजकको जिम्मेवारी पाउनेहरुमा प्रदेश १ मा बिशाल श्रेष्ठ, प्रदेश २ मा अरुण पञ्जीयार, प्रदेश ३ मा मदनकृष्ण श्रेष्ठ, प्रदेश ४ मा गंगाधर पराजुली, प्रदेश ५ मा जीव नारायण अधिकारी, प्रदेश ६ मा डा.महेन्द्रकुमार मल्ल रहेका छन्। वि.सं २०६८ सालमा स्थापना भएर सिक्ने र सिकाउने ठाउँ स्लोगन दिई छोटो समयमा नै सर्वाधिक लोकप्रिय बन्न सफल यस स्कुल अफ डेमोक्रेसीले संसारभर जनताको पक्षमा र जनताको अधिकारका निम्ति, प्रजातन्त्रका लागि भएका आन्दोलनमा साथ र समर्थन जनाउदैँ आएको छ ।यसका साथै संसारभरका राजनीतिक पार्टी र संघसंस्थाहरुसँग मिलेर काम गर्दै आएको र भावी दिनमा पनि सामाजिक प्रजातन्त्र जस्तो स्वास्थ्य, शिक्षा, खाद्य सुरक्षा, रोजगारी लगायतका पक्षमा संसारसँग नेटवर्क विस्तार गर्ने स्कुल अफ डेमोक्रेसी (एसओडी) का केन्द्रीय अध्यक्ष नैनसिंह महरले बताए ।

Wedding Story advertisement Of Jems Movies & Photo Studio